Saturday , December 16 2017
Home / Australia / नेप्लिज रिक्रियसनल क्लवको नयाँ कार्यसमिति

नेप्लिज रिक्रियसनल क्लवको नयाँ कार्यसमिति

सिड्नीखेलकुद र नेपाली कला संस्कृति मार्फत समुदायमा एकता, मेलमिलाप र भाइचार बढाउने उद्देश्य राखेर स्थापना भएको नेप्लिज रिक्रियसनल क्लव अस्ट्रेलियाको अध्यक्षमा जबिन श्रेष्ठ चुनिएका छन् । क्लवको फेब्रवरी १ शनिवार अवनको बोटानिकल गार्डेनमा बसेको विशेष साधारण सभाले श्रेष्ठको नेतृत्वका आगामी दुई वर्षका लागि नयाँ कार्य समिति चयन गरेको हो । साधारण सभाले क्लवको उपाध्यक्षमा अन्जना ओली र मोहन न्यौपाने, महासचिवमा सनिता मास्के प्रधान, सचिवमा सन्जु रोक्का र कोषाध्यक्षमा जनक पाण्डेलाई छनोट गरेको छ ।

NRC

यस्तै अन्य पदाधिकारीहरुमा सह कोषाध्यक्षमा सुगन्ध वाग्ले, जनसम्पर्क अधिकृतमा उमेश पन्त, साँस्कृतिक संयोजक र सह संयोजकमा क्रमस भुपेन्द्र चुडाल र किशोर आचार्य, खेलकुद (ब्याटमेनटन) हेमन्त भट्ट संयोजक, सुवर्ण शर्मा सह संयोजक, (गल्फ) ज्ञानेन्द्र पोखरेल संयोजक र डिल्ली कोइराला सह संयोजक, (टेनिस) दिलिप भट्टराई संयोजक, प्रविन मान श्रेष्ठ सह संयोजक, (टेवल टेनिस) कुलदिप प्रधान, आइ टी संयोजक नविन रायमाझी रहेका छन् ।
यस्तै क्लबका कार्यसमिति सदस्यहरुमा अन्जु श्रेष्ठ, सभि हमाल, राजन खाती, अन्जना सिंह श्रेष्ठ, हिमांक सुवेदी, विष्णु लिम्बु, पुकार मान प्रधान, अशोक ओली र विरेन्द्र कुमार श्रेष्ठ रहेका छन् । क्लवमा विभिन्न खेलकुदमा सक्रिय नेपालका पूर्व राष्ट्रिय खेलाडीहरु पनि संगठित भएका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठका अनुसार खेलकुद र सँस्कृतिक कार्यक्रम मार्फत नयाँ र पुरानो पुस्ता बीचको दुरी कम गर्दै परिवार र समुदायमा सद्भाव कायम गर्न आगामि कार्यक्रहरु केन्द्रित हुने छ । क्लवले केही महिन अघि अस्ट्रेलियनको राज्य स्तरिय नेपाली खेलकुद प्रतियोगिता गरेको थियो । यस्तै नेपाली नयाँ वर्षको अवसरमा विभिन्न साँस्कृति कार्यक्रम पनि गर्दै अएको छ । साथै युवा पुस्तालाई टेनिस र ब्याटमेनटनको तालिम पनि संचालन गरिरहेको छ ।

 

Comment