Tuesday , December 12 2017
Home / Australia / नेप्लिज एसोसियसन अफ क्विन्सल्याडमा नयां नेतृत्व

नेप्लिज एसोसियसन अफ क्विन्सल्याडमा नयां नेतृत्व

NAQ agm

नेप्लिज एसोसियसन अफ क्विन्सल्याड (एनएक्यू) मा नया कार्यसमति चयन भएको छ । गत अक्टोबर २६ मा भएको संघको वाषिर्क साधारण सभाले केशब शर्माको नेतृत्वमा सो समिति गठन गरेको हो । जसमा अच्युन सिंह उपाध्यक्ष छन् भने सचिव र कोषाध्यक्षमा क्रमशः पदम राई र चञ्चला अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी नयां कार्यसमितिमा रजनी खड्का, अभिमन्यु केसी, अमृत खत्री, अनिता अधिकारी आले र सुरेश खड्का सदस्य रहेका छन् ।

नया कार्यसमतिले आफ्नो कार्यकाल निकै सफल बनाउने अपेक्षा गरेको संघको सल्लाहकार समितिले बताएको छ । नयां कार्यसमितीलाई बधाई एवं शुभकामना दिंदै यस्तो बताएका हुन् । कार्यसमिती चयन गर्नु एनएक्यू सल्लाहकार समितिको महत्वपुर्ण भूमिका रहदै आएको बताइएको छ । बि्रसवेनमा रहेको नेपाली सामुदायिक संस्था एनएक्यूले नेपाली समदायबीचको एकता कायम गर्दे बिभिन्न सामुदायिक विकासको काम गर्दै आएको छ ।

संस्थाले केही महिना अघिमात्र अष्ट्रेलिया र न्युजल्याण्ड ब्यापी नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।

Comment