Sunday , November 19 2017
Home / Article / नेपाल स्मृति

नेपाल स्मृति

किरण अधिकारी

किरण अधिकारी

किरण अधिकारी
पूर्बबाट भानुले ओठमा लाली लगाई सकेको थियो, झ्यालबाट आउने प्रकाशका किरणले मेरो अल्छि पनलाई उठाउन मद्दत गर्दै रहेछ । मेरो साथी खड्काजी रात भरी भाडा सफाइ गर्दै पसिना, श्रमसँग केही डलर साटेर कामबाट थकित मुहार लिएर कोटामा टुप्लुक्क आइपुगे । उनले झोला भरी महङ्गा चकलेट अनि हातमा भर्खरै बजारमा आएको स्मार्ट्फोन च्यापेका थिए । केही उत्साहित अनि केही बिचलिच देखिने ती मित्रले कराउदै भने “ओेइ गोरु अरु दिन मस्त सुतेपनि आज नेपाल जानेदिन त कमसेक चाँडै उठ् ।” हिजो राती ढीला सम्मको कामको थकान अनि बिभिन्न तनावले गर्दा म ढिलो सम्म ओछानमै निदाएछु । ढीलो भैसकेकोले हतार हतार दौडदै स्नान गर्न पसे बाथरूम तिर । जतिनै थकित भएनि नेपालको समाचार नहेरि नसुनि बस्न नसक्ने हामी प्रवासी नेपालीहरुको नेपालप्रतिको मोह छ्दैछ त्यसैक्रममा साथीले उतापटि लन्जरूमबाट नेपाली समाचार पढ्दै चिच्याउदै भन्न थाल्यो “लौ तैले त नयां ट्याक्सी चड्न पाउने भइस,” नेपालको त्रिभुबन बिमान्स्थलमा नयाँ ट्याक्सि सेवा शुरु भयो रे । अनि अघि किनेर ल्याएको सामान मेरो घरमा दे है भनेर मेरो लगेजतिर राख्यो ।

मेरो मानसपटलमा अफै याद छ पछिल्लो पटक नेपाल जादा रङ् उडेर हेर्न नहुने ट्यासी अनि मदिराकोे ह्वास्स सास दिदै ड्राइवरले मेरो लगेज घिसार्दै हजार हजार भन्दै लगेको । उस्लाई थाहा छैन म आदमघाट, धादिङ जाने हो कि कलंकी चोक । यता साथीको प्यार देखेर मन भक्कानियो । साँच्चै हामी कति मनका धनि छौ है, जति नै पिडा भएपनि आमा बुबा, भाइ बहिनीलाइ सम्झन्छौ, सामान पठाएर नजिक भएको अनुभुत गराउछा,ै आफुलाई जति दुख भएपनि भाइ बहिनी,साथी भाइको खुशीमा खुशी हुन्छौ ।

ट्याक्सी लिएर पुगे बिमान्स्थल, लगेज दिए, कस्टमको लाइनमा बसे, डिपार्चर इन्ट्रि गराए अनि आनन्दले फ्रि वाइफाई चलाए अनि फेरि सम्झन थाले पछिल्लो पटक नेपालको बिमान्स्थलबाट अस्ट्रेलिया आउदाका दिनहरु । लगेज जोख्न किचकिच, डिपार्चरको लाइनमा घन्टौ कुर्दा झन्डै प्लेन छुटेको अनि पास्पोर्टमा छाप लगाउने बेला ई भिसा त डुब्लिकेट हुन सक्छरे पास्पोर्टमा खोइ छाप रे ? रिसाएर जङ्गिए र भने “के मेरो बाबु को छापाखाना छ बरु ठाडै घुस दिनुहोस् भन्नु नी ।”

त्यो बेला पहिलो पटक नेपाल छोड्दै थिए । परिवार, आफन्त र साथीभइहरु सँग विछोड हुने भयो भन्ने कुरा भन्दा पनि नयाँ ठाउँमा गएर म कसरी सम्हालिन्छु भन्ने चिन्ता प्रमुख थियो त्यो बेला तर समयले सिकाउँछ भने झै यो विदेशको ठाउँमा म अभिभावक जस्तै भएको छु । आफु भन्दा साना भाईहरुलाई काममा, घरमा र कलेजमा सकेको सहयोग गर्छु । मनमा कुरा खेलाउदै गर्दा प्लेन चड्न आग्रह गरिएको कल सुने र काउन्टर तिर लागे ।628x471
सँगै गुच्चा खेल्ने साथी, लुकामारी खेल्ने साथी सँग भेट्न पाउने हर्षले मलाइ अर्कै आनन्द दिएको थियो । नेपाल पुग्न लागेपछि जब प्लेनको सिसा बाट हिमशिखरहरु अनि हरिया डाडाहरू देख्न थाले त्यसपछि मेरो मनले थाम्न सकेन, आँखाबाट आशु आयो, सम्हाले । जननी जन्मभुमिश्च स्वर्गादपि गरिएशी
नेपाल ओर्लिदा यति आनन्दको अनुभुति भयो स्वर्ग त यो हो भन्ने । बिमानस्थलको छेउछेउमा महिनौ देखि नकाटिएको घास पनि सफा नै देखे अनि ट्वाइलेटमा हात धुने साबुन अनि पुछ्ने पेपर टावेल नहुदा पनि मलाइ वास्ता भएन किनकि म नेपालमा छु । धुलो बाटो कच्चि बाटोको बाबजुत जब नागढुङाबाट तलतिरचिसो हावाको साथ झर्दै थिए मनमा कुरा खेलाए, कलेज पढ्न काठमान्डौ आउदा ठुलो लाग्थ्यो आज देश बिदेश घुमेर डिग्रि साथमा लिए ,भबिस्य बनाए । त्यतिकैमा नौबिसेमा पुगेपछि जाम भयो किन भनेको त लोग्ने स्वास्ने झगडा गर्दै रोड को बिचमा अनि तमाशेहरु ले उचाल्दै थिए एक अर्कालाइ। सम्झे उता (अस्ट्रेलियामा) सडक दुर्घटना हुदा पनि डिटोरबाट जाने सुबिधा हुन्छ अल्झिनु पर्दैन ।
घर पुगेपछि भेट्घाट गर्दै साथीहरुको बारेमा सोधे कोहि दुबाइ, कोहि कतार, कोहि जापान,कोहि अमेरिका, कोही कता कोहि कता । अनि अस्ट्रेलियाको बारेमा सुन्न हतार भएकाहरुलाई भन्दै थिए सानो छ कमाइ ठुलो छ काम सानै छ बचत  नगरी डिउटी पुग्दैन तिर्न कलेजको ट्युसन ।
त्यतिकैमा काममा जान अलार्म् पो बजिरहेको रहेछ् । झस्याङ बिउझिए अनि भने आज पनि नेपालकै सपना देखेछु । रिस उठ्दो अलार्म् बन्द गरे अनि काममा जान तयार हुन थाले ।

साभारः अस्ट्रेलियाको नेपालीपत्र अंक १२१ 

Comment