Friday , December 15 2017
Home / Nepal / नेपाल साईन्स फाउन्डेसन दर्ता

नेपाल साईन्स फाउन्डेसन दर्ता

BP-Koirala-Institute-of-Health-Sciences,-Nepal,-Department-of-Human-Anatomy_Brain_slide

गैर आवासिय नेपाली संघको प्रवर्द्धनमा नेपाल साईन्स फाउण्डेसन दर्ता भएको छ । एन आर एन ले सिकेका नविनतमा ज्ञान, सीप र प्रविधि नेपाला भित्र्याउने र विज्ञान प्रविधिको क्षेत्रमा विभिन्न अनुशन्धान गर्ने उद्देश्यले यो फाउण्डेसन स्थापना भएको बैज्ञानिक डा राजु अधिकारीले सिमापारी डटकमलाई बताए ।

नेपालमा कम्पनी रजिस्टारको कार्यलयमा दर्ता भएको यो फाउण्डेसन मुननाफा वितरण नगर्ने गरि गएको कार्तिक १४ गते दर्ता भएको हो । नेपालमा विज्ञानका नविनतमा अविस्कारहरुको बारेमा विद्यार्थीहरुलाई ब्यवहारीक शिक्षा दिने । विज्ञानका खोजमुलक रिपोर्टिङका लागि पत्रकारहरुलाई फेलोसिप उपलब्ध गराउने जस्ता कार्यक्रमहरु फाउण्डेसनले तत्काल शुरु गर्ने डा अधिकारी बताउछन् । फाउण्डेसनमा विभिन्न देशमा रहेर विज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत नेपाली बैज्ञानिकहरु सम्लग्न रहेका छन् ।

 

Comment