Wednesday , December 13 2017
Home / Australia / नेपाल युथ फोरम अस्ट्रेलिया गठन

नेपाल युथ फोरम अस्ट्रेलिया गठन

सिड्नी/ अस्ट्रेलियाका नेपाली युवाहरुमाझ सचनात्मक र सृजनात्मक सिपको विकास गर्ने लक्ष्य लिएर नेपाल युथ फोरम अस्ट्रेलिया  गठन गठन भएको छ । गएको ९ अगस्ट शनिवार सिड्नीको एसफिल्ड पार्कमा भएको भेलाले भरतमणि देवकोटाको अध्यक्षतामा यो संस्थाको स्थापना भएको हो ।20140810_163002

प्रमुख अतिथिको रुपमा उपस्थिति न्यु साउथ वेल्स राज्यका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्काले संस्थको प्रगतिको शुभकामना दिदै अस्ट्रेलियाका नेपालीहरु माझ अझै एकताको खाँचो रहेको औल्याएका थिए । सिड्नीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको बाक्लो सहभागिता हरेको उक्त कार्यत्रमामा बोल्दै गैर आवासिय नेपाली संघका सचिव रन्जु थापाले निस्पक्ष भएर समुदायको सेवामा लाग्न संस्थाका पदाधिकारीहरुलाई सुझाव दिएकी थिईन ।

बार्बेक्य पनि गरिएको उक्त सुभारम्भ कार्यक्रममा एनआरएन ओसिनिया संयोजक विष्णु हमाल, एनआरएन सल्लाहकार धुव सुवेदी, अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, समाजसेवीहरु धर्मराज अधिकारी र हरीलाल लामिछाने, संचारकर्मीहरु ऋषि आचार्य र भिमसेन सापकोटा, वाइ एफ सि का संयोजक बिजय पोखरेल र नेपाल अस्ट्रेलिया युथ एसोसियसनका सचिव भिष्म भण्डारीले नव गठित संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्ष देवकोटाले अस्ट्रेलियामा रहेका दर्जनौ नेपाली समुदायिक संस्थाहरुमाझ नयाँ संस्थाको खाँचो बारे जानकारी गराएका थिए ।

मुक्ति पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा कार्यसमिति सदस्य विनोद मैनालीले निम्न अनुसारको पदाधिकारी तथा कार्यबिभाजन सार्वजनिक गरेका थिए जसमा भरतमणि देवकोटा अध्यक्ष, मुक्ति पोखरेल उपाध्यक्ष, सुरज भट्टराई महासचिव, सागर अधिकारी सचिव र सृजना खड्का कोषध्यक्ष रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा विनेद मैनाली, भुवन पाण्डे, तोयानाथ अर्याल, दिवाकर काफ्ले, समिर आचार्य, सुवास लामिछाने, सूर्य मोहन शर्मा, अर्जुन अकेली क्षेत्री, बिजय कर्की, राजेश तिमल्सिना, दामोदर रावल, दिपक भट्टराई, अजय राजबंशी र निर्मल ढुंगाना रहेका छन् । संस्थाले चाँडैनै बैठक बोलाएर आगामि दिनहरुको लागि नीति र कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ ।

Comment