Tuesday , December 12 2017
Home / Blog / नेपाल, गौतम र देउवा २-२ स्थानबाट बिजयी

नेपाल, गौतम र देउवा २-२ स्थानबाट बिजयी

madhav-kumar-nepalकाँग्रेसका शेर बहादुर देउवा, एमलेका माधव कुमार नेपाल र बामदेव गौतम दुवै निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ र रौतहट १ वाट विजयी हुनु भएको छ । एमालेकै वामदेव गौतमपछि २ क्षेत्रबाट विजयी हुने उहाँ दोस्रो उम्मेदवार हुनुहुन्छ ।नेता नेपालले काठमाण्डौ क्षेत्र १ वाट काँग्रेसकी प्रतिमा गौतम र रौतहट १ वाट फोरम लोकतान्त्रिकका अजय गुप्तालाई पराजित गर्नु भएको हो । काठमाडौं २ मा नेपालले २१ हजार ७ सय ४७ मत पाउनु भएको छ भने प्रतिमाले १२ हजार ४ सय ६९ पाउनु भएको छ ।

यस्तै रौतहट १ मा नेपालले ८ हजार ३ सय ६१ मत पाउनु भएको छ । निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका अजय गुप्ताले ८ हजार २३ मत पाउनु भएको छ ।  अघिल्लो चुनावमा नेपाल काठमाडौं २ र रौतहट ६ दुबै स्थानमा पराजित हुनु भएको थियो ।

प्यूठान-१ मा एमालेका एमालेका बामदेव गौतम १३९६३ विजयी, राष्ट्रिय जनमोर्चाका कृष्ण खड्का ८७५१, एमाओवादीका नवराज सुवेदी ७१५३ र कांग्रेसका हुकुम बहादुर विष्ट ५२२३ । बर्दिया- १ मा एमालेका वामदेव गौतमको १८३४७ बिजयी, एमाओबादीका भवनकुमार थारुको ११६२८ ।

डडेल्धुरामा कांग्रेसका शेरबहादुर देउवाको २३९२० ९बिजयी०, एमाओवादीका खगराज भट्टको १२४८१ मत पाउनु भएको छ ।

Comment