Thursday , December 14 2017
Home / Sports / नेपाल एक दिवसिय विश्वकप क्रिकेटको छनोटबाट बाहिर

नेपाल एक दिवसिय विश्वकप क्रिकेटको छनोटबाट बाहिर

विश्वकप क्रिकेटको छनोट खेलमा हङकङसँग पनि पराजित भएपछि नेपालको विश्वकप खेल्न सम्भावना समाप्त भएको छ ।

तेस्रो खेलमा हङकङसँग १० विकेटले पराजित नेपालको वान डे मान्यता पाउने सम्भावना पनि लगभग सकिएको छ ।

नेपालले दिएको १ सय ५१ रनको विजय लक्ष्य हङकङले विना विकेटको क्षतिमा ३३ दशमलब २ ओभरमा पुरा गर्‍यो । अब नेपालले पर्सि समूहको अन्तिम खेल क्यानडासँग खेल्नेछ । हङकङसँग टस हारेर व्याटिङ गरेको नेपालले ४९ दशमलव ३ ओभरमा १ सय ५० रन बनायो ।

नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ४५, कप्तान पारस खड्काले २९ रन र सोमपाल कामीले २६ रन बनाउनु बाहेक अरु व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका अनिल मण्डल ३, सागर पुन २, ज्ञानेन्द्र मल्ल शून्य, पृथु बास्कोटा १, शक्ति गौचन ८, सरद भेषावकर ४ र विनोद भण्डारी ८ रनमा मैदानबाट बाहिरिए ।

अविनास कर्ण ३ रनमा नटआउट रहे । ६५ रन जोड्दा ८ विकेट गुमाएको अवस्थामा बसन्त रेग्मी र सोमपाल कामीले ५७ रनको साझेदारी गरेपछि नेपालले १ सय ५० रन बनाउन सकेको हो ।

१ सय ५१ रनको विजयी लक्ष्य सहित व्याटिङ थालेको हङकङले इरफान अहमदको ८६ र वाकस बरकातको ५६ रनले लक्ष्य भेट्टायो । यसअघि नेपालले यूएई र स्कटल्याण्डसँगको खेलमा हार बेहोरेको थियो ।

Comment