Tuesday , December 12 2017
Home / Australia / नेपाली समुदायिक केन्द्रको तेस्रो साधारण सभा सम्पन्न

नेपाली समुदायिक केन्द्रको तेस्रो साधारण सभा सम्पन्न

सिड्नीमा निमार्ण हुन लागेको नेपली समुदायिक केन्द्रको तेस्रो साधारणसभा गएको जुन १५ आइतवार सम्पन्न भएको छ । अवनमा भएको यो साधारणसभामा केन्द्रका संचालक समिति सदस्य तथा शेयर धनी सहभागि भएका थिए । कार्यक्रममा केन्द्रको जग्गा खरिद गरी भवन निमार्णको लागि स्थानिय काउन्सिल संग डिए एप्रुभलको लागि आवेदन दिएको बारे शेयर धनीहरुलाई जानकारी दिईएको थियो ।community center

संचालक समितिका अध्यक्ष प्रदिप ढकालका अनुसार डिए एप्रुभल हुने वित्तिकै भवन निमार्ण कार्य अघि बढाइने छ । कार्यक्रममा केन्द्रका निर्देशक गोवा कटुवालले शेयरको मुल्य अहिले नै १० प्रतिसतले बृद्धी भएको जानकारी दिएका थिए । केन्द्रको दुई ५४ जना शेयर सदस्य रहेका छन् । सभाले संजिव पाण्डे, होमनाथ पाण्डे, अन्जना ओली र शुभास गौतमलाई संचालक समिति सदस्यमा चयन गरेको छ ।community centre

Comment