Wednesday , December 13 2017
Home / Australia / नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको युवा पुरस्कार

नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको युवा पुरस्कार

swinrolemodel_199akk2-199akk7नेपाली विद्यार्थी स्नेहा मिश्र अस्ट्रेलियन युथ एक्सिलेन्स पुरस्कारबाट सम्मानित भएकि छिन् । १६ बर्षिय मिश्रले पश्चिम अस्ट्रेलियाको सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्येमै उत्कृष्ट हुंदै यो पुरस्कार जितिकी हुन् । स्नेहाले अफ्नो जन्म दिनमा यो पुरस्कार घोषणा भएको खवर पाएकी थिइन । “मेरो परिवारले म प्रति निकै गर्व गर्नु भएको छ ।” स्नेहाले भिनन् “समुदायको सेवामा निरन्तर लाग्ने छु ।”
समुदायमा स्वयम सेवा गरेवापत नेपाली किशोरी स्नेहाले युवा पुरस्कार जितेकी हुन् ।

अस्ट्रेलिया भरी युवा स्वयम सेवक परिचालन गर्ने संस्था युथ लिंक अस्ट्रेलियाले छोटो र सानो उमेरमा नै समुदयको सेवामा उल्लेख्य काम गरेको भन्दै सम्मन गरेको हो । अध्यनबाट बचेको समय स्नेहाले मानसिक समस्या भएका युवाहरुको सेवामा खर्च गर्दै आएकी थिइन । परिवार मुख्यगरि हजुरबुवाको प्रेरणाबाट आफु समाज सेवामा सक्रय भएको उनको भनाई रहेको थियो ।

स्नेहाको बुवा विश्व मिश्र पेशाले इन्जिनियर हुन् । उनी स परिवार नेपालबाट सन् २०१० मा अस्ट्रेलिया आएका थिए । अहिले उनी सपरिवार पश्चिम अस्ट्रेलियाको बनबोरी शहरमा बस्दै अएका छन् ।
स्नेहा भविष्यमा गएर चिकित्सक बन्न चाहन्छिन । नेपालको ग्रामिण भेगमा सहज स्वास्थ्य सेवा पुर्याउने उनको लक्ष्य रहेको छ ।

Comment