Tuesday , December 12 2017
Home / Prawas / नेपाली लोकतान्त्रिक मञ्च दक्षिण कोरियाको अध्यक्षमा गोविन्द गाउँले

नेपाली लोकतान्त्रिक मञ्च दक्षिण कोरियाको अध्यक्षमा गोविन्द गाउँले

दक्षिण कोरिया, माघ २२ – एमाले निकट नेपाली लोकतान्त्रिक मञ्च दक्षिण कोरियाको अध्यक्षमा गोविन्द गाउँले निर्वाचित भएका छन् । सोलमा सम्पन्न चौथो अधिवेशनले गाउँलेको नेतृत्वमा १४ सदस्यीय कमिटी सर्वसम्मत चुनिएको हो । मञ्चको उपाध्यक्षत्रयमा केशव गौतम, सुरेन्द्र आचार्य र रामप्रसाद राई छन् । सचिवमा दीपेन्द्र अधिकारी, सहसचिवमा शिवलाल पन्थी, कोषाध्यक्षमा पर्शुराम सापकोटा र प्रवक्ता शालिग्राम बस्याल छन् ।Govinda-Gaule_20140205074711

सदस्यहरुमा कपिल न्यौपाने, कृष्ण खड्का, हरि श्रेष्ठ, गुण राना मगर, विकास बुढाथोकी र नविन काला मगर निर्वाचित भए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुले एमाले पोलिट्ब्यूरो सदस्य प्रदीप ज्ञवालीले सपथ ग्रहण गराए ।

नवनिर्वाचित अध्यक्ष गाउँलेले २०४२ सालदेखि अनेरास्ववियुबाट राजनीतिक जीवन सुरु गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले पोलिट्ब्यूरो सदस्य एवं प्रचार विभाग प्रमुख ज्ञवालीले एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण हुन प्रमुख दलहरुबीचको एकतामा जोड दिए ।

पहिलो संविधानसभामा ९० प्रतिशत काम पूरा भएको उल्लेख गर्दै उनले एमालेको भूमिका लोकतान्त्रिक संविधान निर्माणमा केन्द्रित हुने बताए ।

कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा, एनआरएन दक्षिण कोरिया अध्यक्ष विनोद कुँवर, जनसम्पर्क समितिका नवराज सिवाकोटी, जनअधिकार मञ्चका दीपक पुन, बरिष्ठ समाजसेवी रुद्र शर्मा, एनसीसी अध्यक्ष लोचन राई, पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली, एनआरएन आईसीसी सदस्य केपी सिटौलालगायतले सम्बोधन गरेका थिए ।

Comment