Thursday , December 14 2017
Home / Featured News / नेपाली लेखिकाको पूस्तक “Within Godwaves” अन्र्तराष्ट्रिय बजारमा

नेपाली लेखिकाको पूस्तक “Within Godwaves” अन्र्तराष्ट्रिय बजारमा

Within Godwaves by Sabita Mishra

Within Godwaves by Sabita Mishra

अष्ट्रेलियामा स्थायी वसोवास गरिरहेकी सविता मिश्रद्वारा लिखित पूस्तक “Within Godwaves” हालै अन्र्तराष्ट्रिय बजारमा प्रकाशित भएको छ । “हामिसबै इस्वरीय तरङ्गहरु भित्र रहने तरङ्गहरु हौं” भन्ने दार्शिनिक संन्देश बोकेको यो पूस्तक विश्वका प्रमुख अनलाईन बुकस्टोरहरुमा विक्री शूरुभएको छ । अध्यात्म, दर्शन र मनोविज्ञानको समिश्रण रहेको “Within Godwaves” ले विश्वबजारमा राम्रो प्रभावपार्ने संभावना देखिएको छ ।

विचार र त्यसको संचालन तथा नियन्त्रणलाई मुख्य प्राथमिकता दिइएको यो पूस्तकले मानिसको सोच्नेतरीकालाई महत्वपुर्ण स्थान दिएको छ । विभिन्न अमूर्त विषयहरु जस्तै समय, विचार, शक्ति, माया, सृष्टी, कर्म आदीलाई अन्यन्त गहिराईमा तार्किक व्याख्या गरिएको यो पूस्तकले दर्शन तथा आध्यात्मिक जगतमा महत्वपूर्ण स्थान ओगटन सफलहुनेछ भन्दा फरक नर्पला । त्यस्तैगरी जनमानसमा रहेको मृत्युको डरलाग्दो छापलाई अत्यन्त सुगम तरिकाबाट विस्थापितगर्दे मृत्युको सुन्दरपक्षलाई उजागर गरिएको छ ।

नेपालको धरानमा जन्मिनूभएकी सविताले अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएको छ । अष्ट्रेलिया वसोवासपुर्व १८ बर्षको उमेर देखी शिक्षणपेशा रआध्यात्मिक जिवन शैलीलाई अगाल्नुभएकी निजले नेपालका विभिन्न कलेजहरुमा स्नातकोत्तर तहसम्म अध्यापन गराउनू भएको थियो । विगत ४ वर्षदेखी अष्ट्रेलियाको तासमेनियाको होर्वाट शहरमा पती र १ छोराकासाथ वसोवासगर्दे रहनुभएकी निज ३ वर्षदेखी विल्कुल नंया ध्यानविधी “Meditative Research” अभ्यास गरिरहनु भएको छ । ज्यादै कम नारीहरुको पहुँच रहेको क्षेत्र दर्शनशास्त्रमा गहिरो दख्खल रहेको देखिने सविता मिश्रको पूस्तकको सफलतालाई मुरी-मुरी शूभकामना ।

“Within Godwaves” अमेजन बुक स्टोर मार्फत किन्डल तथा पेपरब्याक भर्शनमा उपलब्ध छ तथा अन्य अनलाइन बुकस्टोरमा पनि उपलब्ध छ |

अमेजन बुकस्टोरको लिंक 

बुकडिपोजिटोरीको लिंक  

स्क्रिब्ड अनलाइनको लिंक 

One comment

  1. Well done! Awesome book to read on spirituality.

Comment