Wednesday , December 13 2017
Home / Australia / नेपाली मुलका भुटानी भए “न्यु अस्ट्रेलियन अफ द इयर”

नेपाली मुलका भुटानी भए “न्यु अस्ट्रेलियन अफ द इयर”

मेलवर्न/ नेपाली मुलका भुनाटी परशुराम शर्मा लुइटेल यो वर्षको “न्यू अस्ट्रेलियन अफ द इयर”बाट सम्मानित भएका छन् । विहिवार अष्ट्रेलिया डे २०१४ को अवसरमा भिक्टोरिया राज्य स्तरिय अस्ट्रेलिया डे काउन्सिलले आयोजना गरेका कार्यक्रममा लुईटेललाई यो सम्मन हस्तान्तरण गरिएको थियो ।1546439_10203062562310504_381513558_n

एक दशक भन्दा लामो समय देखि भिक्टोरियामा भुटानी र अन्य आप्रवासि समुदायको विकास र सहज बसोवासको लागि मद्दत गरेको भन्दै शरणर्थी परिषद अस्ट्रेलियाले लुइटेललाई यो सम्माको लागि मनोनयन गरेको थियो । लुईटेलको समुदायिक सेवाको प्रसंसा गर्दै परिषदका कार्यकारी अधिकृत पल पावरले भने “शरणार्थीका मुद्दालाई स्थानिय तहदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदाय सम्म पुर्याउन लुइटेलले महत्वपूर्ण भुमिका खेलेका छन् ।” 1551645_780602398635788_88566100_n

हर्टीकल्चलर विषय अध्ययन गर्न अस्ट्रेलिया आएका लुईटेलका परिवारलाई भुटानको एक जातिय सरकारले देश निकाला गरेपनि उनले प्रोटेक्सन भिषाको आवेदन दिएका थिए । लुइटेल मेलवर्ननको नेपाली समुदायसाग निकट रहेर काम गरिरहेका छन् । भिक्टोरिया प्रहरीको लियाजन अधिकृत समेत रहेका लुइटेलले त्यहां नेपाली समुदायको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
आदम गुडेज अष्ट्रेलियन अफ द इयर
आदिवासी मुलका एएफएल खेलाडि तथा रंगभेद विरुद्धका अभियानकर्ता आदम गुडेज अष्ट्रेलियाको बर्ष ब्यक्ति हुन सफल भएका छन् । गुडेज सन्२०१४ का लागि अष्ट्रेलिया अफ द इयर घोषित भएका हुन् । अष्ट्रेलिया प्रधानमन्त्री टोनी एवोटले गुडेजलाई राजधानी क्यानवेरमा आयोजित एक कार्यक्रममा अवार्ड वितरण गरेका थिए ।391897-09aaa240-859a-11e3-b9d4-ee96a3e30d81

दुईपटक एएफएल पि्रमियरसिप विजेता बनेका सिड्नी निवासी गुडेज अन्य धेरै विधाबाट मनोनयनमा चुनिएकाहरूलाई पछि पार्दे वर्ष ब्यक्ति घोषित भएका हुन्। बिज्ञान, चिकित्साशास्त्र, कला तथा अन्य विविध बिधाका ब्यक्तिलाई गुडजेले पछि पार्न सफल भएका हुन । एमसिजीमा भएको एएफएल खेल क्रममा एक १३ बर्षीय बालिकाले उनलाई बाादर भनेर जिस्काएपछि गुडजे रंगभेद विरुद्धको अभियानमा सक्रिय भएका हुन् ।

Comment