Wednesday , December 13 2017
Home / Featured News / नेपाली टोलीको उत्साह बढाउन ‘फ्ल्याग डे’ मनाइने

नेपाली टोलीको उत्साह बढाउन ‘फ्ल्याग डे’ मनाइने

नेपालले ट्वान्टीट्वान्टी विश्वकप क्रिकेट खेलिरहँदा तीन दिनसम्म नेपालमा ‘फ्ल्याग डे’ मनाइने भएको छ। नेपाली टोलीको उत्साह बढाउन र क्रिकेट खेलमा आमदर्शक, सुभचिन्तकको आकर्षण बढाउन नेपालमा पहिलो पटक ‘फ्ल्याग डे’ मनाउन लागिएको हो।

नेपाली टोलीको उत्साह बढाउन नेपाली राष्ट्रिय टोलीको जस्तै जर्सी लगाई आगामी मार्च १६, १८ र २० तारिखमा सर्मथकलाई सार्वजनिक स्थल र टेभिजिनका पर्दाअगाडि उभिएर हुटिङ गरिने नेपाल क्रिकेट संघका सदस्य पूर्ण लामाले बताए।get_img (1)

बंगलादेशमा चैत २ गतेदेखि सुरु हुने ट्वान्टीट्वान्टी विश्वकप क्रिकेटको अन्तिम तयारी नेपाली टोलीले यूएईमा अभ्यास गर्ने भएको छ। नेपाली टोली आइतबार साँझ नै यूएई प्रस्थान गरेको छ। एक साता लामो यूएई बसाइका क्रममा नेपाली टोलीले नेदरल्यान्ड्स र यूएईसँग अभ्यास खेल पनि खेल्नेछ।

नेपालले फागुन २२ गते नेदरल्यान्ड्ससँग बिहानी सत्रको खेल खेल्नेछ। २३ गते यूएईको घरेलु टोलीसँग दिवारात्री खेल खेल्नेछ। विश्वकपमा नेपालले हङकङ र आयोजक बंगलादेशसँग दिवारात्री खेल खेल्नुपर्ने भएकाले सोही खेललाई ध्यानमा राखी यूएईसँग दिवारात्री अभ्यास खेल खेल्न लागिएको जानकारी टोलीका प्रशिक्षक पुबुदु दसानायकेले दिए।

यूएईमा नेपालले अभ्यासमा लागि छुट्टै मैदान, इन्डोरहल र प्रशिक्षणको सुविधासमेत पाउने भएको छ। यस्तो सुविधा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उपलब्ध गराएको हो। नेपाली क्रिकेट टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले शुभकामना दिए।

Comment