Wednesday , December 13 2017
Home / Featured News / नेपाली जहाज युरोपियन युनियनमा उड्न नपाउने

नेपाली जहाज युरोपियन युनियनमा उड्न नपाउने

eu-bans-nepali-airsयुरोपियन कमिसनले नेपालका सबै बायुसेवा कम्पनिको कुनै पनि जहाज युरोपियन युनियनको सदस्य रास्ट्रको आकासमा उड्न नदिने भएको छ | नेपालमा बढ्दो हवाई दुर्घटना र फितलो हवाई सुरक्षा व्यवस्थाका कारण युरोपियन कमिसनले यस्तो निर्णय लिएको हो |

युरोपियन युनियनक भैस प्रेसिडेन्ट सिम कल्लासका अनुसार नेपालको कमजोर हवाई सुरक्षा स्थिति र सम्बन्धित संस्थाले त्यसलाई सुधार्न देखाएको उदासीनताका कारण नेपाली बायुसेवा इयु बायु सुरक्षा लिस्टमा राख्न नसकिएको हो | जसको मतलब नेपाली बयुसेवाले इयु अन्तर्गतको क्षेत्रमा उडान भर्न पाउने छैनन् |

कुनै नेपाली बायुसेवाले इयु क्षेत्रमा उडान भर्ने नगरेकाले यसको सिधै असर नपरेपनि इयुले युरोपियन नागरिकलाई नेपाली बायुसेवा कम्पनिबाट यात्रा पनि नगर्न अनुरोध गरेकाले ओरालो लागेको नेपाली बायुसेवाको ब्यापारमा नराम्रो असर पर्न सक्नेछ | युरोपियन युनियनले जारी गरेको बक्तब्यमा युरोपियन अपरेटर तथा ट्राभल एजेन्टहरुले नेपालमा यात्रा गर्ने यात्रुलाई पुर्व सुचित गराउनु पर्ने र टिकट लिइसकेको खण्डमा भने यात्रुले सेवा प्रयोग गर्न नचाहेमा टिकट रकम फिर्ता गर्नुपर्ने पनि जनाएको छ | यस किसिमको व्यवस्थाले नेपालको अन्तरिक उडानको ब्यापार नराम्रो असर गर्नेछ |

यस बिषयमा नागरिक उड्डयन प्राधिकरण नेपालका महानिर्देशक रतिशचन्द्र लाल सुमनसँग सम्पर्क गर्दा उनि यस बिषय सित अनभिज्ञ रहेको बताउदै यदि त्यस्तो निर्णय भएको हो भने त्यो दुभाग्यपूर्ण भएको र त्यसले निश्चय नै बायुसेवाको व्यापारमा असर गर्ने बताए |

नेपाल एयर्लाइन्सका निर्देशक गणेश बहादुर चन्दले भने इयुको यस्तो निर्णयमा दुख व्यक्त गर्दै आन्तरिक उडानमा भएको कमि कमजोरीको गल्ति अन्तराष्ट्रिय उडान गर्नेहरुले भोग्नु परेको गुनासो व्यक्त गरे |

नेपालको आन्तरिक उडानमा पहिलो दुर्घटनाको सन् १९६० भैरहवामा भएको थियो | त्यसपछि अहिलेसम्म करिब ७० वटा सानाठूला हवाई दुर्घटना भैसकेका छन् जसमा ३०० जनाले ज्यान गुमाइसकेका छन् | सन् २०१२ मा मात्रै ७ वटा हवाई दुर्घटना भएको थियो र ३६ जनाले ज्यान गुमाएका थिए |

युरोपियन युनियनले यसघि २ पटकसम्म प्राधिकरणका अधिकारि र निजि बायुसेवा कम्पनिसँग श्रीखलाबद्ध दुर्घटना पछाडिको कारण र हवाई सुरक्षास्थितिको अवस्थाको बिवरण मागेको थियो | यो निर्णय दुखद भएपनि यसले गैर-इयु राष्ट्रहरुमा हवाई सुरक्षाको बिषयलाई गम्भीरतापुर्वक लिने बातावरण बन्ने अपेक्षा गर्न सकिने सिम कल्लासले इयुले जारि गरेको बक्तब्यमा भनेका छन |

2 comments

  1. It is very sad indeed, when Trip Advisor had named Kathmandu one of the upcoming tourist destination!

  2. katai yo European union le Kathmandu Tripadvisor ko suchi maa parepachhi niyatbash Nepal ko impression naramro banaua laai ta gareko haina.

Comment