Tuesday , December 12 2017
Home / Social / नेपाली गजल साहित्यको बिकास गर्न पुरस्कार स्थापना

नेपाली गजल साहित्यको बिकास गर्न पुरस्कार स्थापना

नेपाली गजल साहित्यको बिकास गर्ने उद्देश्य राखेर २५ हजार रुपैया राशीको जोगमाया गजल साहित्य पुरस्कार स्थापना हुने भएको छ । अस्ट्रेलियाको सिड्नीमा बसेर साहित्य सृजनामा सक्रिय प्रदीप चापागाईले आफ्नी हजुरआमा जोगमाया चापागाईको स्मृतीमा यो पुरस्कार स्थापना गर्न लागेको बताए । प्रत्येक वर्ष विभिन्न माध्यमबाट प्रकासन भएका गजल मध्ये उत्कृष्ठ गजललाई पुरस्कृत गरिने छ ।

pradeep chapagin
गजलकार समेत रहेका चापागाईले एक बिज्ञप्ती जारी गर्दै आउने डिसेम्बर महिनामा काठामाण्डौमा रहेको जोगमाया चापागाई प्रतिष्ठानले उक्त पुरस्कार वितारण गर्नेछ । प्रतिष्ठानले गएको वर्षदेखि नै दक्षिण काठमाण्डौ छैमले गाविसमा रहेको श्रीकृष्ण माध्यमिक बिद्ययालयबाट उत्कृष्ठ अंक ल्याएर प्रवेसिका परिक्षा पास गर्ने बिद्यार्थीहरुलाई जनही ११ हजार १ सय ११ रुपैयाको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसका अतिरिक्त प्रतिष्ठानले न्युन आथिर्क अवस्थाका भएका क्यान्सर रोगीहरुको उपचारमा समेत सहयोग पुरयाउनेछ ।

पेशाले इन्जिनियर चापागाईले दुईवटा कृतिहरु डाँडामा जुन छ र शिरेटो शिशिरको बजारमा ल्याइसकेका छन् । नेपालका चर्चित कलाकारहरुको स्वर र संगीत रहेको गजल एल्बम गुमनाम र तेस्रो गजल संग्रह फूलहरुको युद्ध समेत चाँडै बजारमा ल्याउँदैछन् । उक्त अवसरमा एल्बम र गजल संग्रहको बिमोचन समेत गरिने चापागाईले जानकारी दिए ।

 

Comment