Tuesday , December 12 2017
Home / Article / नेपाली खानेकुराको बारेमा कुरा गरौ

नेपाली खानेकुराको बारेमा कुरा गरौ

सुरज प्रधान

525921_3629675773159_530661924_n

सुरज प्रधान

खाना पृथ्वीमा रहेको हरेक प्राणीहरुको लागि जिउनको निमित्त आवश्यक पर्ने अत्यन्त महत्पूर्ण चिज हो । गाँस – बास – कपास यी तिन चिजमै जीवन चक्र घुमिरहेको हुन्छ  । मानिस एक सामाजिक प्राणी भएको हुदाँ सामाजिक तवरले जीवनयापन गर्नको लागि समाजमै अस्तित्व खोज्दै संघर्षमयरुपी जिन्दगी जिउन सधैभरि प्रयासरत गर्दै जान्छ , जुन एक कटु सत्य हो । प्राचिन आदिम काल हुदै अहिले हामी कलियुग अर्थात् अत्याधुनिक समयमा पाइला टेकिसकेका छौ  ।

 नेपालपनि विगत ५० वर्षमा आधुनिकीकरणको उज्यालो तर्फ बिस्तारै लम्कदै छ । यसै क्रममा नेपालमा औद्दोगिक बिकाससगै अरु  सम्पन्न बनाउने भौतिक संरचना र विकासको पूर्वाधारहरु लगायत व्यापार-व्यवसायमा नयाँपन आउदैछ । इस्वी संवत १९५० देखि जब नेपालको सिमाना खुल्लागरि बाहिरी दुनियाका मानिसले नेपाल देखे र नेपालीहरुपनि विदेशमा गई त्यहाँका नौलो परिवेस देखे, त्यसपछि नेपाल आधुनिकतातर्फ उन्मुख भयो । विभिन्न किसिमका कल-कारखाना, उद्धोग- व्यबसाय , पर्यटन, बिज्ञान-प्रविधि, लगायतका विषयमा नेपालीहरु संलग्न भए ।  विश्व सानो घरको अवधारणा अनुरुप नेपालीहरुपनि विदेशमा बसाईको क्रमलाई बढाए । यहिक्रममा आफ्नोपन वा भनौ आफ्नो चिनारी खोज्ने प्रयास भयो ।  हामी नेपाली विश्वको जुन-सुकै कुनामा भएतापनि आफ्नो राष्ट्रियताको पहिचानको लागि मरीमेट्छौ ।  नेपाल हामीले बुद्धको देश भनेर चिनायौ, सगरमाथाको देश भनेर चिनायौ, तर अब त्यस्तो माध्यमद्दारा चिनाउन बाकी छ जुन अहिलेसम्म गर्वमै लुकेको अवस्था छ । त्यो हो हाम्रो स्वादको कथा, नेपाली खानेकुराको गाथा ।

हाम्रो देश नेपाल सयौथरि संस्कृतिको सुन्दर माला हो, जहाँ सयौ थरि संस्कृति,  परम्परा , पर्वहरु एक्कै लहररुपी मालामा गुथिएका छन् र हरेक उत्सवको टुंगो भोज-भतेरमै गएर टुंगिने गर्दछ ।  यसैले हामी खानेकुराको लागिपनि धनि छौ, तर त्यो उजागरमात्र गरिएको छैन ।  सारा दुनियाले देख्न बाकी छ त्यो हाम्रो खानेकुराको रहस्यलाई ।  त्यहि खानेकुराको एउटा अलौकिक कथाको पोल्टोलाई बिस्तारै पल्टाउने उद्देश्यले ” नेपाली खानेकुराको बारेमा कुरा गरौ ! ” नामक एउटा अभियान शुरुगर्ने जमर्को गर्यौ ।

अभियान नै किन ?

 हामी नेपालीलाई  बिस्तारै आभास हुदै गयो नेपाल एक खानीको देश रहेछ , त्यो हो प्राकृतिक सौन्दर्यको खानी । पहाड, नदि-नाला,बोट-बुट्यान, ताल-तलैया, जीव-जन्तु – समस्त सुन्दर प्रकृतिको भण्डार ।  उच्च शिखरको देश, शान्तिका दुत बुद्धको देश नेपाल साच्चिकै एशियाको स्विजरल्याण्ड भन्नुमा फरक नपर्ला । त्यसकारण, नेपालमा पर्यटन विकासको प्रचुर मात्रामा सम्भावना देखेरै नै सयौ किसिमका पर्यटन व्यवसाय शुरु गरिएका छन्  ।

सन् २०१२ को संयुक्त राष्ट्र संघको पर्यटन सम्बन्धि संस्था वर्ल्ड टुरिजम अर्गानाइजेसनको रिपोर्टको आधारमा हाल क्युलानरी अर्थात् फुड टुरिजम निकै फस्टाएको पर्यटन हो । त्यसैगरि, वर्ल्ड फूड ट्राभल एसोसिएसनको प्रतिवेदनमा हरेक पर्यटकको तीन मुख्य उद्देश्यमा आफु जाने ठाउँको खाना प्रति रुचि हुने गर्दछ । यसै आधारमा भन्न सकिन्छ कि खाना र पर्यटन कति पर्याय रहेछन ।  नेपालको खानेकुरा चिनाउने उद्देश्य त प्रमुखनै भयो तर चिनाउने प्रयास संग-संगै नेपालको पर्यटनमा नया आयाम दिने प्रयासको प्रतिफल यो अभियान हो ।

अभियान कसरी ?

नेपाली खानेकुराको बारेमा कुरा गरौ तर कसरी ? भन्ने जिज्ञासा सबैमा हुन सक्छ । जबसम्म हामी नेपालीहरु आफै हाम्रो खानेकुराको रहस्य अरु मानिस समक्ष खोल्दैनौ, तब सम्म अरुले चिन्ने पो कसरी ? हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म फैलिएको हाम्रो भू-भागमा हरेक पटकको पाइला चलाईमा खानेकुराको कथा छ । यहि कुरालाई आत्मसात गर्दै ” नेपाली खानेकुरा बारे कुरा गरौ ” अभियानलाई मुर्तरुप दिने प्रयास गर्दै छौ ।

नेपाली राजदुतावासको कार्यालय, अस्ट्रेलिया, महावाणिज्य दुतको कार्यालय, न्यु साउथ वेल्स र गैर -आवासीय नेपाली संघ, अस्ट्रेलियाको विशेष सहयोगमा नेप्लिज टेस्ट ( नेपाली खाना पोर्टल ) , नेपालीपत्र र युथ फर चेन्ज नामक संस्थाहरुको संयुक्त रुपमा नेपाली खानाको विकास र प्रबर्धनमा यो अभियान सुरु गर्न लागिएको हो । खोजी – नीति , अभिलेख ( रेसिपी ) र बजारीकरण हाम्रो अभियानको मुख्य तीन उद्देश्य हुनेछन,, जुन अभियानको शुरुवात तपाईकै घरको भान्साबाट शुरु गर्छौ।   नेपाली समुदायका अगुवाहरु, नेपाली संस्थाहरु  , व्यवसायीहरु,सेफहरु, ट्राभल एण्ड टुरिजम ,संचारकर्मीहरु तथा अन्य सबै जागरुक व्यक्तित्वहरुबाट नै यो अभियान सुरुको थालनी गर्छौ । अस्ट्रेलियाको सिड्नीबाट मात्र यो अभियान सुरु नभई हामी सम्पूर्ण संसार भरनै छरिएर रहेका नेपालीहरुको संयुक्त आवाजको रुपमा यस अभियान लैजाने छौ ।

के-कसरी जस्ता हरेक अभियानका कार्यक्रमहरु अबका दिनहरुमा सबै हामी नेपाली मिलि गएमा अवस्य एक दिन हामी नेपाली खानेकुरा चिनाउन सफल हुन्छौ यसमा दुई मत नहोला । सुरज प्रधान नेपाली पत्रका नियमित खानपिन स्तम्भकार हुन् ।[email protected]

Comment