Monday , December 18 2017
Home / Featured News / नेपाली क्रिकेटलाई ट्वान्टी-२० अन्तराष्ट्रिय मान्यता

नेपाली क्रिकेटलाई ट्वान्टी-२० अन्तराष्ट्रिय मान्यता

अष्ट्रेलिया- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाली क्रिकेटलाई ट्वान्टी-२० अन्तराष्ट्रिय मान्यता प्रदान गरेको छ। अष्ट्रेलियाको मेलबर्नमा भएको वार्षिक बैठकमा आइसीसीले नेपालसँगै नेदरल्यान्ड्सलाई पनि सो स्तरको मान्यता दिएको क्रिकेटसम्बन्धी वेवसाइट क्रिकइन्फोले जनाएको छ। हालै बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकपमा नेपालले राम्रो प्रदर्शन गरेको थियो।39de64f1887e9db6814b94cee6aef83d_L
 समूह चरणको तीन खेलमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। आयोजक बंगलादेशविरुद्ध पनि नेपालले राम्रो खेलेको थियो। अफगानिस्तानविरुद्ध भने नेपालले ऐतिहासिक जित दर्ता गरेको थियो। नेपालले राम्रो प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरमै वाहवाही पाएको थियो।

त्यस्तै एकदिवसीय अन्तराष्ट्रिय पाएका एसोसिएट्स राष्ट्रहरु अफगानिस्तान, हङकङ, आरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई यसअघि नै सो स्तरको मान्यता पाइसकेका हुन्।

 

Comment