Monday , December 18 2017
Home / Australia / नेपाली कला संस्कृति र साहित्यको संरक्षण बारे सिड्नीमा अन्तरक्रिया

नेपाली कला संस्कृति र साहित्यको संरक्षण बारे सिड्नीमा अन्तरक्रिया

 सिड्नी/ नेपाली काल संस्कृति तथा साहित्य प्रतिष्ठानको वषिर्क साधारणसभा गएको मार्च २९ शनिवार अवनको सकर क्लवमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रविन्द्र कुमार शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा “नेपाली कला संस्कृति र साहित्यको विकासमा देखिएका चुनौती र समाधानका उपाय” बारेमा अन्तरक्रिया भएको थियो ।10151272_696491667081350_688345173_n

अन्तरक्रियामा सहभागिहरुले कला संस्कृति र साहित्यले प्रवासमा नेपाली पहिचान जोगाउने भएकाले यसको संरक्षणमा सक्रिय हुनुपर्ने बीचार राखेका थिए । सिड्नीमा रहेका नेपाली कला र साहित्यप्रेमी तथा नेपालबाट अनुभएका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विश्वराज पौडेलले कला र सहित्यको संरक्षणमा प्रवासी नेपालीको भुमिका बारेमा टिप्पणी गरेका थिए । साथै साहित्यकारहरु, शोभाकान्त गौडेल, सुरेन्द्र दवाडी, सानु घिमिरे, जानकी पौडेल, जितेन्द्र मल्ल, निष्प्रभ सजी, निरज जोशी, राजेश केसी, सुजता उपाध्यायकर्ण राजवंशी लगायतले साहित्यक रचना वाचन गर्नुको साथै गायन काला प्रस्तुत गरेका थिए । 20140329_141910
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन अइ सि सि संक्षक इन्द्रा वन, समुदायका अगुवा डा नारायण प्रधान, कृष्ण गिरी, सुजता बस्नेत लगायतका प्रवासमा नेपाली कला संस्कृती र साहित्यको महत्व र संरक्षणमा खेल्नुपर्ने भुमिका बारे बिचार राखेका थिए । संस्थाका उपाध्यक्ष चतूर्भुज खरेलले संयोजन गरेको उक्त कार्यक्रमको संचालन कार्यसमिति सदस्यहरु मुक्ति पोखरेल र इन्दिरा रोक्कले गरेका थिए । फोटो सौजन्य एम एन टिभि

Comment