Saturday , December 16 2017
Home / Nepal / नेपालले केन्यालाई हरायो

नेपालले केन्यालाई हरायो

विश्व ट्वान्टी–२० छनोटअन्तर्गत दोस्रो दिनको खेलमा नेपालले केन्याविरुद्ध ६ विकेटले विजयी भएको छ। शरदले अन्तिम ओवरमा ३ छक्का प्रहार गरेपछि नेपालले केन्याले दिएको १८३ रनको बिशाल लक्ष्य २ बल बाँकी छदै प्राप्त गरेको हो | शरदले फ्यालेको एक मात्र ओवरमा ३० रन खाएको बदला उनले बिष्फोटक ब्याटिंगले लिए |३२ रनमा ४ विकेट गुमाएको केन्याले रकेप पटेल को आक्रामक  शतकको मद्दतले नेपाल १८३ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो | पारस खड्का र सुबाश खकुरेलले समान ५४ रन बनाए भने ज्ञानेन्द्रले ३२ रनको योगदान दिए | त्यसगरी जितेन्द्र मुखियाले २ , बसन्त रेग्मीले २ र पारस खड्काले १ विकेट लिएका थिए |

 

Comment