Saturday , December 16 2017
Home / Featured News / नेपालमा हुने भयो आइपीएल जस्तै एनसेल नेपाल प्रिमियर लिग (एनपीएल)

नेपालमा हुने भयो आइपीएल जस्तै एनसेल नेपाल प्रिमियर लिग (एनपीएल)

भारतमा आइपिएल निकै लोकप्रिय छ त्यस्तै किसिमको प्रतियोगिता नेपालमा पनि आयोजना हुन गइरहेको छ | एनसेलले प्रायोजन गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) चैत देखि जेठसम्म आयोजना हुने भएको छ | प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग र एनसेलनको प्रायोजनमा हुने जानकारी सोमबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा दिइयो। प्रतियोगितामा टीट्वान्टी मात्र नभई एकदिवसीय र दुई दिवसीय खेल पनि समावेश गरिएको छ।

अन्तरास्ट्रिय प्रारूपको घरेलु क्रिकेट प्रतियोगिता एनसेल नेपाल प्रिमियर लिगको संचालन पुर्ब रास्ट्रिय खेलाडी आमिर अख्तर द्वारा संचालित “जोहरा स्पोर्ट्स म्यानेजमेन्ट” ले गर्ने भएको छ | उक्त आयोजनामा ६ वटा कर्पोरेट हाउसको सहभागिता हुनेछ |

प्रतियोगितामा पञ्चकन्या समूहको तेज, टेलिटकको कलर्स एक्स फ्याक्टर्स, विशाल समूहको विशाल ग्रुप वारियर्स, कान्तिपुर पब्लिकेसन्सको कान्तिपुर गोर्खाज, शंकर समूहको जगदम्बा र घोराही सिमेन्टको सगरमाथा लेजेन्ड्सले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी प्रत्येक टोलीका लागि राष्ट्रिय खेलाडी र कप्तानको समेत व्यवस्था गरिएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबदु दासानायकेको नेतृत्व रहेको समितिले खेलाडी र कप्तानको चयन गरेको जानकारी जोहराका प्रबन्ध निर्देशक आमिर अख्तरले दिए। शरद भेषावकर तेजको, ज्ञानेन्द्र मल्ल कलर्सको, पारस खड्का विशाल ग्रुपको, वसन्त रेग्मी कान्तिपुरको, शक्ति गौचन जगदम्बाको र विनोद भण्डारी सगरमाथाको कप्तान रहेका छन्।

एनपीएलको हरेक टोलीमा १६ सदस्य रहनेछन्। टोलीमा राष्ट्रिय खेलाडी, यु-१९, क्षेत्रीय खेलाडी र दुईजना अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुनेछन्। हरेक टोलीका प्रशिक्षक स्वदेशी रहनेछन्। टोलीको स्वामित्व लिएका कम्पनीले आफ्नो टोलीबाट खेल्नका लागि आईसीसीले प्रतिबन्ध लगाएका बाहेक कुनै पनि अन्तर्राष्ट्रिय खेलाडी समेत ल्याउन पाउने छन्। प्रत्येक ठटोलीको स्वामित्व दुई वर्षको अवधिका लागि रहनेछ।

खेलाडीको पारिश्रमिक

कप्तान :- रू. ५,००० प्रति खेल
रास्ट्रिय खेलाडी ( नेपालको लागि खेलेका ) :- रू. २,५००
रास्ट्रिय खेलाडी ( अन्डर यु-१९ ) तथा क्षेत्रीय खेलाडी :- रू. १,०००

उपाधि रकम

टि२० तथा एक दिवसीय :-

बिजेता :- रू. २,००,०००
उपविजेता :- रू. १,००,०००

दुई दिवसीय :-
बिजेता :- रू. १,५०,०००
उपविजेता :- रू. ७५,०००

जितेको पुरस्कार पनि सम्बन्धित टोलीका खेलाडीबीच बाँडिने जानकारी आयोजकले दिएको छ। प्रतियोगिता राजधानीबाहेक धनगढी, राजविराज र विराटनगरमा सञ्चालन हुनेछन्।

 

Comment