Friday , December 15 2017
Home / Australia / नेपालमा भएको वस दुर्घटनामा मेलवर्न महिलाको निधन

नेपालमा भएको वस दुर्घटनामा मेलवर्न महिलाको निधन

marinawide-620x349चितवनबाट काठमाण्डौ आउदै गरेका माईक्रोवस पृथ्वि राजमार्गको दारे चोक नजिक दुर्घटना हुंदा एक अष्ट्रेलियन पर्यटक सहित २ जनाको मृत्यु भएको छ भने ११ जना खोलाले बगाएर बेपत्ता भएका छन् । करिव  एक महिन अघि अक्टोवर १४ विजय दशमिको दिन भएको यो दुर्घटनामा परेर मेलवर्न निवासि मरिया मोफिनको घटना स्थलमै मृत्यु भएको खवर मेलवर्नबाट प्रकासन हुने द एज दैनिकले छापेको छ ।

समाचार अनुसार पर्यटक र स्वयमसेवक भएर नेपाल गएकि मरियाको तराइका जिल्लाको कार्यक्रम सकेर चितवनबाट काठमाण्डौ र्फकदै गर्दा माइक्रोवस दुर्घटनमा परेर निधन भएको हो । १३ वर्षको उमेरमा युक्रेनबाट बाबु आमा संगै अष्ट्रेलिया आएकी मरिया अन्तराष्ट्रिय दातृृसंस्थाको सहकार्यमा नेपालका तराइका गाउंहरुमा सुविधा विहिन महिला र बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि सहयोग जुटाउदै थिइन ।

नेपाली संचारमाध्यका अनुसा  यो दुर्घटनामा परेर मारिया संगै त्रिसुली नदीका ११ जना यात्रुहरु हराएका थिए । परियाको सवलाई मेलवर्न ल्याएर यहुदी परम्परा अनुससा अन्त्यष्ठि गरिएको छ ।

Comment