Thursday , December 14 2017
Home / Australia / नेपालको संविधान सभा चुनाव सम्पन्न भएकोमा अष्ट्रेलियामा खुशियाली

नेपालको संविधान सभा चुनाव सम्पन्न भएकोमा अष्ट्रेलियामा खुशियाली

naya photo 2
संविधान सभा चुनाव सम्पन्न भएकोमा अष्ट्रेलियाका नेपाली युवा विद्यार्थीले खुशी ब्यक्त गर्नुका साथै चांडो संविधान बनाउन खवरदारी पनि गरेका छन् । नेपाली अष्ट्रेलियन युथ एसोसियसन (नयां) ले आइतवार सिड्नीको एसफिल्ड पार्कमा आयोजना गरेको कार्यक्रममा विभिन्न बक्ताहरुले नेपाली जनताले वर्षौदेखि प्रतिक्षा गरेको संविधान सभाको चुनाव सफल भएकोले अब जनभावना अनुसारको संविधन दिन खवरदारी गर्नुपर्ने बिचार राखेका थिए ।

गैर आवसिय नेपाली संघा सचिव रंन्जु थापा र प्रवक्ता मन केसी प्रमुख अतिथीरहेको कार्यक्रममा बक्तहरुले विदेशम रहेपनि नेपालको समृद्धिको चाहना हुने भएकाले राजनीतिक नेतृत्वलाई संविधान बनाउन सक्रिय हुन आग्रह गरेका थिए । कार्यक्रममा एन ए डि एफका अध्यक्ष सुरेन्द्र सिग्देल, एन आर एन अष्ट्रेलियाका पूर्व अध्यक्ष्ा गणेश के सी, विवेक थापा, दिनेश जोशी, महेन्द्र लम्साल, भुमा लिम्बु लगायतले नेपालका दलहरुलाई संविधान सभा चुनावको नतिजा अइसकेकोले अब संविधान निमार्णमा सक्रिय रहन दलहरुलाई आग्रह गरेका थिए । संस्थाका अध्यक्ष कोमल पाठकका अनुसार नेपाली युवाहरुलाई नेपालको बदलिदो राजनीतिक अवस्थाबारे जनकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा संविधान सभा चुनावको पूर्वसन्ध्यामा काठामाण्डौको भोटेवहालमा भएको बम विस्पोटबाट घाइते समिर खड्गीको उपचारको लागि संस्थाले सहयोग संकलन पनि गरिएको बारे पनि जानकरी दिइएको महासचिव भिष्म भण्डारीले सिमापरी डटकमलाई बताए । यस्तै उपाध्यक्ष प्रकाश खरेलका अनुसार संथाले सन् २०१४ मा नेपालका अपाङ्गता भएका २० जना बालबालिकाको निः शुल्क शिक्षाको लागि सहयोगर्ने योजना घोषणा भएको थियो । नयांको वार्वेक्यु कार्यक्रममा बिभिन्न समुदायिक संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।

Comment