Saturday , December 16 2017
Home / Featured News / नेदरल्यान्ड्सको संघर्षपूर्ण जित

नेदरल्यान्ड्सको संघर्षपूर्ण जित

साउ पाउलो, (ब्राजिल) विश्वकप फुटबलअन्तर्गत सम्पन्न चौथौ क्वार्टरफाइनलमा कोस्टारिकालाई टाइब्रेकरमा ४–३ मा हराउँदै नेदरल्यान्ड्स लगातार दोस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान ब्राजिलको साल्भाडोरमा भएको उक्त खेलमा मध्य अमेरिकी मुलुक कोस्टारिकालाई हराउन नेदरल्यान्ड्सका स्थापन्न गोलरक्षक टिम क्रुलले ठूलो योगदान दिएका छन्। उनले टाइब्रेकरमा कोस्टारिको दुई प्रहारलाई असफल तुल्याएका थिए।खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयभित्र पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको छिनोफानो पेनाल्टी शुटआउटमा भएको थियो। खेल अवधिभर नेदरल्यान्ड्सका थुप्रै डरलाग्दा आक्रमणहरूलाई विफल पारेको कोस्टारिकाका गोलरक्षकका कारण नै खेल टाइब्रेकरसम्म लम्बिएको हो। यता खेल विजेताको टुंगो टाइब्रेकरमार्फत हुने छाँटकाँट देखिएपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले टिमको नियमित गोलरक्षक यास्पर सिलेसनलाई परिवर्तन गरेका थिए। प्रशिक्षकको उक्त रणनीति खेललाई सुखद नतिजा दिलाउन सफलसमेत बन्यो। अतिरिक्त समयमा नेदरल्यान्ड्सका स्थापन्न गोलरक्षक क्रुलले टाइब्रेकरमा कोस्टारिकाका कप्तान ब्रायन रुइज र माइकल उमानाले प्रहार गरेको बल रोक्दै नेदरल्यान्ड्सलाई अन्तिम चारमा पुर्याएका हुन्।netherlands-world-cup-2014_1404017435

डच टिमले विश्वकप फुटबलअन्तर्गत पेनाल्टी सुटआउटमा जित हासिल गरेको यो नै पहिलो अवसरसमेत हो। पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सका तर्फबाट कप्तान रोबिन भान पर्सी, आर्येन रोबेन, वेस्ली स्नाइडर र डर्क कुएटले सफल प्रहार गरेका थिए भने कोस्टारिकाका सेल्सो बोर्गेस, जियानकार्लो गोन्जालेज र व्रिmस्टियन बोलानोस गरी ३ जनाको प्रहारले मात्र जाली चुमेको थियो।
यसअघि नियमित समयको खेल अवधिभर नेदरल्यान्ड्सले कोस्टारिकाको हाफमा बढी जसो बललाई खेलाउँदै आक्रमणलाई तेज बनाएको थियो। नेदरल्यान्ड्सले १५ पटक गोलपोस्टमा प्रहार गरेकोमा कोस्टारिकाको डिफेन्सले आधा दर्जन प्रयासहरूलाई विफल पारे थिए। ती सबै प्रहारहरूमा उक्त खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका कोस्टारिकाका गोलरक्षक केयलोर नाभस नै प्रमुख बाधकका रूपमा देखापरेका थिए भने नेदरल्यान्डस्का वेस्ले स्नाइडरको दुईवटा प्रहार पनि गोलपोस्टमा लाग्दै फर्किएको थियो। अब नेदरल्यान्ड्सले फाइनल प्रवेशका लागि अर्जेन्टिनाविरुद्ध सेमिफाइनलमा खेल्नेछ। तीनपटकको विश्वकपको उपविजेतामा सीमित नेदरल्यान्ड््स यसपटक विश्वकपको पहिलो उपाधि जित्ने सुरमा देखिएको छ। यदि त्यसो गर्न सके नेदरल्यान्ड्स दक्षिणी अमेरिकी भूमिमा विश्वकप उचाल्ने पहिलो युरोपियन राष्ट्रसमेत बन्नेछ। तर उसको बाटोमा अर्जेन्टिनाको तगारो भएर उभिएको छ। सन् १९८६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको अर्जेन्टिना यसपटक निकै बलियो दाबेदारका रुपमा देखा परेको छ।

उक्त खेलसँगै ब्राजिलमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। प्रतियोगिताको पहिलो सेमिफाइनल आगामी बुधबार होरिजोन्टेमा आयोजक ब्राजिल र जर्मनीबीच तथा दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ।

Comment