Sunday , November 19 2017
Home / Article / नेताहोस त यस्तो होस

नेताहोस त यस्तो होस

Dr Ramesh Poudel

डा. रमेश पौडेल

                                                                                                        नेताहोस त यस्तो होस

नेताहोस त यस्तो होस,
आफ्नै वाचा पुरा गरोस् ।
बरु एक छाक भोकै वसोस,
पाउने लोभमा कसैको सिन्दूर नघसोस ।।

नेताहोस त यस्तो होस,
गुटको सिपाही नवनोस ।
कालो र सेतो प्रष्टै देखोस,
गुटभन्दा पार्टी र पार्टी भन्दा देशको निम्ति सोचोस ।।

नेताहोस त यस्तो होस,
बलभन्दा विवेकले चलोस ।download (1)
आफ्नो भन्दा देशको सोचोस,
आज भन्दा भोलिको सोचोस ।।

नेताहोस त यस्तो होस,
दर्शन र सिद्धान्तले सु सज्जितहोस ।
लोभ र लालचबाट टाढै बसोस,
देशजनको विकासको लागिकम्मर कसोस ।।

नेताहोस त यस्तो होस,
एउटा अशल मान्छे होस ।
स्वच्छ, निष्ठाको राजनीति गरोस,images
नभए मैदान खाली गरोस ।।

नेताहोस त यस्तो होस,
निम्न वर्गको विद्रोह बुझोस ।
मध्यम वर्गको पीडा र छट्पटाहट् बुझोस ,
उच्च वर्गको आक्रोस बुझोस ।।

नेताहोस त यस्तो होस,
धेरै सोचोस, थोरै बोलोस ।
हरपल देशकै लागि बांचिरहोस,download
मार्क्स, गान्धि र मण्डेला जस्तो अमर रहोस ।
मार्क्स, गान्धि र मण्डेला जस्तो अमर बनोस ।।
                                                               क्यानवेरा, अस्ट्रेलिया

Comment