Thursday , December 14 2017
Home / Featured News / नेकपा–माओवादीद्धारा शान्ति सम्झौता खारेज भएको घोषणा

नेकपा–माओवादीद्धारा शान्ति सम्झौता खारेज भएको घोषणा

नेकपा–माओवादीले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेको छ ।

माओवादीले नयाँ शिराबाट नयाँ सहमति खोज्नु पर्ने निष्कर्ष निकाल्दै १२ बुँदे समझदारी र शान्ति सम्झौता खारेज भएको घोषणा गरेको हो ।केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्नको लागि ललितपुस्थित नेवाः राज्य समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले यस्तो घोषणा गरेका हुन ।

त्यसैगरी उहाँले संविधानसभा निर्वाचन विथोल्नको लागि निवार्चन अघि देशका विभिन्न स्थानमा भएको बम विस्फोटको जिम्मा लिएका छन् ।एमाओवादी अहिलेको प्रक्रियालाई छोडेर सडकमा आए कार्यगत एकता हुन सक्ने बताउँदै कार्यगत एकताको लागि एमाओवादी विजयी सभासदहरुले राजिनामा दिनुपर्ने अडान अगाडी सार्नुभएको छ ।

तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनको लागि २०६२ साल मंसिर ७ गते दिल्लामा १२ बुँदे समझदारी भएको थियो । १० बर्ष लामो जनयुद्धलाई अन्त्य गर्दै २०६३ साल मंसिर ५ गते तत्कालिन नेपाल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।

त्यसैगरी माओवादीले माओवादीले १० बर्षे जनयुद्धका उपलब्धिलाई षडयन्त्रपूर्वक सिध्याएर मुलुकलाई यथास्थितिवादीहरुको हातमा पुर्याएको बताउँदै जनविद्रोहको तयारीमा जुटने निर्णय गरेको छ । संविधानसभा निर्वाचनबाट कांग्रेस–एमालेको दुई तिहाई भएको संविधानसभाबाट जनपक्षीय संविधान बन्न नसक्ने निष्कर्ष निकाल्दै मुलुक अब ०४७ सालतिर लागेको र यथास्थितिवादी र पश्चगामी शक्ति हामी भएको माओवादीको ठहर छ ।

Comment