Thursday , December 14 2017
Home / Featured News / नेकपा एमालेको नवौं महाधिवेशन एक महिना सर्यो

नेकपा एमालेको नवौं महाधिवेशन एक महिना सर्यो

अन्ततः नेकपा एमालेको नवौं महाधिवेशन समय अभाव भन्दै एक महिना पर सारिएको छ। महाधिवेशनका लागि भइरहेको तयारी र दस्तावेज निर्माणमा भएको ढिलाइले महाधिवेशन समयमा नहुने अड्कलबाजी गरिरहेकै समयमा  सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन एक महिना पछि गर्ने निर्णय गरेको छ।  एमालेको महाधिवेशन आगामी असार १९ गतेदेखि असार २४ गतेसम्म गर्ने गरी तय गरिएको छ ।

एमालेले नवौं महाधिवेशन जेठ २४ गतेदेखि हुने गरी तोकेको थियो तर त्यसका लागि बनाइएको क्यालेन्डरअनुसार काम नभएपछि १ महिना पछाडि सारिएको हो। वैशाख ५ गतेदेखि एमाले5895550_std केन्द्रीय कमिटी बैठक बस्ने र वैशाख १५ गतेदेखि केन्द्रीय कमिटीले पास गरेको दस्तावेज छलफलका लागि कार्यकर्ता तहमा पठाउने निर्णय भएको थियो। तर अहिलेसम्म केन्द्रीय कमिटीमा नै दस्तावेज पुगेको छैन। मस्यौदा कमिटीले दस्तावेज टुंगो लगाए पनि केन्द्रीय कमिटीमा छलफल हुन सकेको छैन।

केन्द्रीय कमिटीको बैठकमा विचारको बहस गर्न महाधिवेशनका लागि तयारी पूरा नभएको समय, सदस्यता नवीकरण पनि पूरा नभएको र दस्तावेज पनि  केन्द्रीय कमिटीबाट टुंगो लाग्न बाँकी भएको भन्ने कारण देखाएर महाधिवेशन सार्ने प्रस्ताव राखिएको थियो। केन्द्रीय कमिटीका सदस्यहरूले भने सार्ने नै हो भने आगामी कात्तिक मंसिरतिर गर्दा भइहाल्यो नि भन्ने धारणा राखेका थिए। वर्षा शुरू हुने र किसानको खेतीपाती गर्ने समय भएकाले त्यो समय पनि उपयुक्त नभएको तर्क बलियो रूपमा आएको छ। नेताहरूले त्यति  पर नलैजाऊ एक महिनाको समय थप गरेपछि जति पनि बाँकी काम गर्न भ्याइन्छ भन्ने धारणा राखेपछि एक महिना पछि सार्ने सहमति भएको थियो। विधानअनुसार  विशेष कारण परेमा एक वर्षसम्म महाधिवेशन सार्न सकिन्छ। केपी ओलीको स्वास्थ्य स्थितिलाई ख्याल गरेर मिति सार्ने काम भएको कतिपयको तर्क पनि रहेको छ। तर वास्तविकता भनेको दस्तावेजलगायत अन्य तयारी नभएकाले नै महाधिवेशन सर्ने स्थिति बनेको बताइएको छ।

पहिले देखि जति गंभीरताका साथ काम गर्नुपर्ने थियो सो बमोजिम नगर्नुले पनि महाधिबेशन समयमा नगर्न खोजिएको भन्ने तर्क गर्ने पनि बैठकमा उठेको एक सहभागी नेताले जानकारी दिए।  एमाले केन्द्रिय कमिटी बैठकमा महासचिब इश्वर पाख्रेलले पार्टी अध्यक्ष झलनाथ खनाल आज मंगलबार  देखि १० दिने चीन भ्रमणमा जान लाग्नुभएकोले पनि समयका बारेमा बिचार गर्नुपर्ने भयो भन्ने आशय ब्यक्त गर्नुभएको थियो भने पार्टी अध्यक्ष खनालले आफ्नो भ्रमणको कारणले महाधिबेशनलाइ कुनै प्रभाब नपारेको र पार्ने पनि छैन भनी प्रष्ट पार्नुभएको थियो। उहांको भनाइ थियो –सबैले पाएको जिम्मेबारी पुरा गरेको भए कुनै समस्या हुने थिएन।

केन्द्रिय कमिटी बैठकले  पार्टी अध्यक्ष झलनाथ खनाल चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा आज मंगलबार चीन जान लाग्नुभएकोले उहाको चीन भ्रमणको सफलता र  केपी ओलीको स्वास्थ्य लाभ सवन्धी प्रस्ताब पारित गरेको छ। एमालेको नबौ महाधिबेशनका लागि पार्टीका बरिष्ठ नेता माधबकुमार नेपाल र संसद्धीय दलका नेता केपी ओली अध्यक्षका प्रत्यासी हुनुहुन्छ भने सर्बसम्मत हुन्छ भने आफै पनि अग्रसर हुने संकेत अध्यक्ष खनालका निकटबर्तीले गर्ने गरेका छन।

उहा स्वयले भने महाधिबेशनको मिति तय गर्ने बेला आफु अध्यक्षमा लागि प्रत्यासी नहुने  बताउनुभएको थियो। उहाले आफु नहुदा बरिष्ठ नेता माधबकुमार नेपाललाई  अगाडि सार्ने सभावना रहेको बताइएको छ।

Comment