Saturday , December 16 2017
Home / Blog / निर्वाचन शान्तिपूर्ण: युरोपियन युनियन

निर्वाचन शान्तिपूर्ण: युरोपियन युनियन

eu-logoयुरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (इयु इओएम)ले यसपालीको संविधानसभा निर्वाचन शान्तिपूर्ण र जनताको उच्च सहभागिताको साथ भएको भन्दै संक्षिप्त पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा मिसनका प्रमुख पर्यवेक्षक इभा जोलीले भनिन्, मतदान व्यवस्थित र सामान्यतया शान्त वातावरणमा सम्पन्न भयो । मिसनका पर्यवेक्षकले अवलोकन गरेका मतदान केन्द्रमा मतदान प्रक्रिया एकनासले भएको र मतदान कर्मचारकिो कार्य अधिकांश राम्रो रहेको मूल्याङ्कन उसको छ ।
निर्वाचन आयोगले हालसम्म स्वतन्त्र र निश्पक्ष रुपबाट काम गरेको छ र सम्पूर्ण निर्वाचन प्रक्रियाभर जनविश्वास हासिल गरेको छु, उनले भनिन्, सरसामान ढुवानीसम्वन्धी उल्लेख्य चुनौति र समयसीमाका बाबजूद निर्वाचन तयारी समयमै पुरा भयो ।
निर्वाचन अभियानका अवधिमा वाक् तथा भेला हुन पाउने स्वतन्त्रताको राम्रोसग सम्मान भएको र उम्मेदवारहरु देशभर निर्वाचन अभियानमा सक्रियतापूर्वक सहभागी भएको प्रमुख पर्यवेक्षक जोलीको निष्कर्ष छ । निर्वाचन अवधिभर हिंसात्मक प्रकृतिका कतिपय घटना घटे तर निर्वाचन अभियान सकिदा यसले उल्लेख्य असर पारेनु, जोलीले भनिन् ।
असोज १८ गते नेपाल आएको मिसनमा २८ इयु सदस्य तथा नर्वे र स्वीट्जरल्याण्डका गरी १ सय १२ पर्यवेक्षकलाई देशभरी परिचालन गरेको थियो । मतगणना र परिणामको तालिकीकरण र सम्भावित उजुरी र आवेदनको अवलोकन गर्न मिसन नेपालमा रही रहने कार्यक्रममा जानकारी दिइयो । मिसनले सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा भएको दुइ महिनाभित्र भविष्यमा हुने निर्वाचनको सिफारिससहित अन्तिम मूल्याङ्कन र निष्कर्ष जारी गर्ने जोलीले जानकारी दिइन् ।

Comment