Monday , December 18 2017
Home / Featured News / निराश बनाएर नेपाली खेलाडी स्वदेश फर्किए

निराश बनाएर नेपाली खेलाडी स्वदेश फर्किए

एकदिवशिय बिश्वकप छनोट प्रतियोगितामा खराब प्रदर्शन गदै नवौ स्थानमा आफ्नो यात्रा टुङग्याएको नेपाली टिम विहिवार राति नेपाल फर्किएको छ । नेपाल क्रिकेट संघका सदस्य किरण रानाले दिएको जानकारी अनुसार टिम करिब १० बजेर २० मिनेटमा ड्रागन एयरको बिमान बाट त्रिभुवन बिमान स्थलमा अवतरण गर्ने छ ।

imager

एरपोर्टमा कुनै औपचारिक कार्यक्रम नभए पनि खेलाडी लाई खादा ओडाएर स्वागत गरिने पनि रानाले बताए । स्वदेश फिर्ती लगत्तै नेपाली टिमले मार्चमा हुने टि-ट्वान्टी बिश्वकपको तयारी गर्ने छ । एकदिवशिय बिश्वकप खेल्ने लक्ष्यका साथ न्युजील्याण्ड पुगेको नेपाली टिमले सुरुवातका सबै हारेको थियो । अन्तिम प्रतियोगितामा नेपालले युगान्डालाई हराएको थियो । यो हार सँगै एकदिवशिय बिश्वकपको ढोका नेपालका लागि कम्तीमा चार बर्षको लागी बन्द भएको छ ।
एकदिवशिय बिश्वकप छनोट प्रतियोगितामा नेपालले खेलेका सम्पुर्ण खेलको नतिजा हरु यस प्रकार छ ।

नेपाल बिरुद्ध युएई – युएई १०२ रनले विजयी

नेपाल बिरुद्ध स्कटल्याण्ड – स्कटल्याण्ड ९० रनले विजयी

नेपाल बिरुद्ध हङकङ- हङकङ १० विकेटले बिजयी

र नेपाल बिरुद्ध क्यानाडा – क्यानाडा १२ रनले विजयी

नेपाल बिरुद्ध नेरदल्याण्ड -नेरदल्याण्ड ७ विकेटले बिजयी

र नेपाल बिरुद्ध युगाण्डा – नेपाल १६० रनले विजयी

Comment