Tuesday , December 12 2017
Home / Australia / नारी निकुञ्जले अन्तराष्ट्रिय महिला दिवस मनाउने

नारी निकुञ्जले अन्तराष्ट्रिय महिला दिवस मनाउने

सिड्नी/ एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाले अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाउने भएको छ । हरेक वर्ष मार्च ८ मा अन्तराष्ट्रिय स्तरमा मनाईने यो दीवस नारी निकुञ्जले भने मार्च १५ मा मनाउने नारी निकुन्ज अष्ट्रेलियाकी उप संयोजक प्रिती शर्माले जानकारी दिइन ।

शर्माका अनुसार मार्च १५ मा सिड्नीको अर्वनमा गाला डीनर साँझ को साथै “इन्सपाईरिङ चेञ्ज” शिर्षकमा बिशेष अन्तक्रिया कार्यक्रम पनि हुने बतााईएको छ । उक्त कार्यक्रममा  महिला माथि हुने हिसांको समाधान र अत्य लगायतका विषयमा छलफल तथा अन्तरक्रया समेत हुने भएको छ । कार्यक्रममा नेपाली सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरीने छ ।

गाला डिनरको लागि प्रति ब्यक्ति ५० डलर र ५ देखी १२ वर्ष सम्मका बालबालीका लाई २५ डलर शुल्क लाग्न छ । साथै ५ वर्ष मुनीका बालबालीकालाई निशुल्क प्रवेश रहेको छ । कार्यक्रम साझ ६ बजे शुरु भएर ९ वजे सकीने छ । थप जानकारीको लागि यो फ्लायर हेर्नु होला ।nari nikunja

Comment