Tuesday , December 12 2017
Home / Entertainment / नायक राजेश हमालले फागुनमा विवाह गर्ने

नायक राजेश हमालले फागुनमा विवाह गर्ने

आफ्नो विवाहको बारेमा मिश्रित प्रतिक्रिया दिईरहेका महानायक राजेश हमालले आफ्नो विवाहको ठोस निर्णय सुनाएका छन् । उनको योजनाअनुसार फागुनमा उनले मधु भट्टराई आफ्नी दुलही बनाएर घर भित्र्याउने छन् ।rajesh-hamal_20100609093524

कार्यब्यस्तता र परिस्थितीले गर्दा विवाह सरेको बताउँदै उनले भने “अब भने ढुक्क हुनुहोस, फागुनमा मेरो विहे हुन्छ ।” आफ्नो विवाहमा तामझाम नहुने बताउँदै उनले भने “सामान्य ढंगबाट विवाह हुन्छ, तामझाम हुँदैन ।” काठमाडौंमा मंगलबार गायक तथा संगीतकार मेघराज मगरातीको सांगितिक एल्बम ‘अनमोल सृष्टि’ बिमोचन गर्न पुगेका हमालले पत्रकारहरुसँग खुलेरै विवाहको बारेमा कुराकानी गरे ।
महानायकले विवाह फागुनमा हुने बताए पनि विवाहको डेट भने तोकेनन् । “फिक्स डेट नै चाहनुहुन्छ भने माघ महिनाको अन्तिम सातातिर तपाई सबै पत्रकारहरुलाई जानकारी गराउँछु ।” विवाहको बिषयलाई लिएर पारिवारिक सल्लाह भईरहेको पनि उनले बताए । राजेश लामो समयदेखि मधु भट्टराईसँगको प्रेम सम्बन्धमा छन् । विवाहको विषयमा ज्योतिषीले गरेको भविश्यबाणीको बारेमा के भन्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा हमालले भने “म ज्योतिषीको कुरा सुन्छु तर निर्णय भने आफ्नै बुद्वि विवेकले नै लिने गरेको छु ।”Madhu-Bhattarai-Rajesh-Hamal-Girlfriend-2-NC
महानायक राजेश हमालको विवाहको बिषयमा ज्योतिषी हरिहर अधिकारीले २०१३ को मे पछाडी विवाह गर्दा राम्रो हुने बताएका थिए । विवाहपछिको हनिमुन ट्रिपको त्यस्तो ठुलो योजना नभएको बताउदै उनले भने “जहाँ हामी दुई हुन्छौ, त्यही हनिमुन ।”
एल्बम बिमोचन कार्यक्रममा विशिष्ट अतिथी बनेर पुगेका हमालले विवाहका विविध रमाईला कुराहरु सुनाएर सबै पत्रकारलाई हसाए । विवाहपछि सन्तानको कुरामा रमाईलो गर्दै उनले भने “सन्तान कतिवटा भन्ने थाहा छैन अब हेरौ शरिरले कहाँसम्म साथ दिन्छ ।”
एल्बम अनमोल सृष्टिमा सातवटा गीत समावेश गरिएको छ । गायक मेघराज मगरातीको आफ्नै संगीत रहेको एल्बमका पाँचवटा गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । पाँच मध्ये एक भिडियोमा महानायक हमालले पनि अभिनय गरेका छन् । एल्बममा तीन गीतको म्युजिक भिडियो हङ्गकङ्गमा सुटिङ्ग गरिएको हो । चर्चामा रहेका गायक गायिकाहरुले पनि आफ्ना एल्बमहरुको बिमोचन कार्यक्रम औपचारिक रुपमा नगरिरहेको अवस्थामा गायक तथा संगीतकार मेघराज मगरातीको यो प्रयासलाई सबैले तारिफ गरे । पछिल्लो समयमा एल्बम विमोचन कार्यक्रमलाई फजुल खर्चको रुपमा लिईदै आएको छ ।
“अध्ययन र लगनको साथमा सिकेर आएका संगीतकर्मीहरुलाई सबैले माया गर्नुपर्छ” हमालले गायकको प्रशंसा गर्दै भने “मेघराजको गायकीको म प्रसंसक हु, उहाँको सांगितिक उचाईको लागि शुभकामना दिन्छु ।” कलाकार कलाकारबीचमा भावनात्मक सम्बन्ध हुने भएकाले पनि आफुले मेघराजको म्युजिक भिडियोमा काम गरेको उनले बताए । त्यस्तै निर्देशक कमल राईसँग ८ बर्षपछि काम गर्न पाएकोमा पनि उनले खुशी ब्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि रहेका संगीतकार सम्भुजित बाँसकोटाले पनि गायकलाई सांगितिक सफल्ताको शुभकामना दिदै एल्बमको नामको पनि प्रसंसा गरे । “सृष्टिमा अनमोल जोडिएर एल्बमको नाम राखिएकाले पनि एल्बमले सबैको मन जित्ने छ” उनले भने “उहाँसँग मेरो पुरानै चिनजान हो, उहाँ राम्रो गायक हुनुहुन्छ ।”

Comment