Monday , December 18 2017
Home / Entertainment / नाई नभन्नु ल-२ अस्ट्रेलिया र नेपालमा एकै पटक रिलिज हुने

नाई नभन्नु ल-२ अस्ट्रेलिया र नेपालमा एकै पटक रिलिज हुने

सिड्नी/ अस्ट्रेलियामा बसेर व्यवसाय गर्दै आएका दिनेश पोखरेल निर्माता रहेको चलचित्र नाई नभन्नु ल-२ अस्ट्रेलिया र नेपालमा एकै पटक प्रर्दशनमा आउने भएको छ । निर्माता पोखरेलले दिएको जानकारी अनुसार आगामि अप्रिल ११, १२ र १३ मा हर्षभिलको सिभिक थियटरमा यो चलचित्र प्रदर्शन हुन लागेको हो । साथै ईभेन्स सिनेमा मा एक गोल्ड क्लास सो गर्ने योजना रहेको पनि निर्माता पोखरेलले सिमापारी डटकमलाई बताए ।nai na bhanu la

एञ्जल मूभिज र वान टाईम सिनेमाको संयुक्त व्यानरमा बनेको यो चलचित्रको निर्देशन विकास आचार्यले गरेका छन् । नाई नभन्नु ल को सफलतापछि प्रेम कथामा आधारित यो चलचित्रको दोस्रो संस्करण बनेको हो । चलचित्रमा जिवन लुईटेल, सरोज खनाल, प्रियंका कार्की सुरजसिंह ठकुरी, सिताराम कट्टेल (धुर्मुस) र बालकलाकार द्धय अनुभव रेग्मी र सज्ञानी भट्टराईको मुख्य भूमिका रहेको छ । चलचित्रको “यी आँखामा तिमी छौं ” बोलको गित अहिले निकै चर्चामा छ ।

Comment