Monday , July 23 2018
Home / Australia / नर्दन बिचेज नेपाली समाजको नयां कार्यसमिति

नर्दन बिचेज नेपाली समाजको नयां कार्यसमिति

सिड्नीको उत्तरमा बसोवास गर्दै आएका नेपालीहरुको सामुदायिक संस्था नर्दन बिचेज नेपाली समाजको २४ जुन मंगलबार भएको साधारण सभाले नयाा कार्यसमिति चयन गरेको छ । northan beachesप्रबला बस्नेतको अध्यक्षतामा गठन भएको नयांकार्यसमितिको उपाध्यक्ष बन्दना बानिया, सचिव कृष्ण सापकोटा, सह सचिव सन्तोश केसी, कोषाध्यक्ष राजु अधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा अर्जुन पौडेल, रोशन कोईराला, केशब बहादुर खुलाल, रस्मी श्रेष्ठ, दिनेश गौतम, सफल पोखरेल, विधान थकाली, बिजय थापा, विनोद पौडेल रहेका छन् ।

एनआरएन आइ सि सि सदस्य रमेश पाण्डे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्थाको वाषिर्क प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रमा बोल्दै पाण्डेले नर्दन बिचका नेपालीहरु सिड्नीको नेपालीहरुको बाक्लो बस्तीबाट अलि टाढा भएपनि समाजको गतिविधिका कारण यहांका नेपालीहरुबीच घनिष्ठ सम्बन्ध रहेको विचार राखेका थिए । समाजले नर्दन विचमा नेपाली समुदायको विकास गर्नुका साथै नेपालमा शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग पनि गर्दै आएको छ ।

Comment