Tuesday , December 12 2017
Home / Featured News / नयाँ शक्ति बनाउन भट्टराईको प्रस्ताव

नयाँ शक्ति बनाउन भट्टराईको प्रस्ताव

एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले पार्टी विघटन र विसर्जनको दिशामा गएको भन्दै नयाँ शक्ति बनाएर जान अध्यक्ष पुष्पकमल दाहाल प्रस्ताव गर्नुभएको छ ।

लाजिम्पाट पुगेर प्रचण्डलाई भेटेका नेता भट्टराई अब टालटुल गरेर पार्टी अघि बढ्न नसक्ने र काम पनि नहुने बताएको स्रोतले जनाएको छ । भट्टराईले विचार र संगठनात्मक ढंगले नै पार्टीलाई नयाँ बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

baburam bhattrai

‘यो शैलीले पार्टी बन्दैन अब नयाँ शक्तिमा बदल्नुको कुनै विकल्प छैन’ भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘आन्दोलन नयाँ चरणमा पुगिसक्यो । अब नयाँ संरचना र विचार चाहिन्छ ।’

पूँजिवादी क्रान्तिका प्राप्त उपलब्धि अगाढि बढाउन नयाँ शक्तिको खाँचो रहेको भट्टराईको तर्क छ । एकीकृत माओवादी चुनावमा तेस्रो भएपनि अहिले पनि नागरिकले आश गरेको भन्दै नयाँ शक्ति बनाउन प्रचण्डले हिम्मत गनुपर्नेमा भट्टराईले जोड दिनुभएको छ ।

‘नयाँ परिवेश अनुसार नयाँ शक्ति बनाएर जाने हिम्मत तपाइँले नगर्ने हो भने जनताले नयाँ शक्ति बनाउँछन् ।’  भट्टराईले प्रचण्डलाई भन्नुभएको छ ‘म नयाँ शक्ति बनाउनु पर्छ भन्ने निष्कर्षमा पुगेको छु । तपाइँ हिम्मत गर्नुस् ।’

आफूहरुले नयाँ शक्ति नबनाए भारतमा अरविन्द केजरीवाल आए जस्तै नेपालमा पनि नयाँ शक्ति आउने भट्टराईको बुझाई छ । ‘हामीले विकल्प दिन सकेनौ भने भारतमा जस्तै नेपालमा पनि केजरीवालको उदय हुनेछ । त्यसैले बेलैमा नयाँ शक्ति बनाउँ ।’ भट्टराईले भन्नुभएको छ ।

पहिलो आफै रुपान्तरण हुने, दोस्रो नयाँ शक्तिको आवश्यकता बोध गरेर फरक पार्टीमा रहेपनि विचार मिल्नेहरुसँग मिलेर अघि बढ्न् पर्नेमा जोड दिएका भट्टराईले त्यो पनि  नभए  भारतमा केजरीवाल आए जस्तै नागरिकले नयाँ शक्ति बनाउने दावी गर्नुभएको छ । प्रचण्डले भने पार्टीका निर्णय कार्यान्वयन गरेर पार्टीलाई रुपान्तरण गरेर जानुपर्ने जवाफ दिएको स्रोतले जनाएको छ ।

Comment