Tuesday , December 12 2017
Home / Entertainment / नफर्किएकाहरु ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलको उत्कृष्ट

नफर्किएकाहरु ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलको उत्कृष्ट

संजय चौलागाईद्वारा निर्देशित फिल्म नफर्किएकाहरुले ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलको उपाधि हात पारेको छ।

 शुक्रवार थिएटर भिलेज लाजिम्पाटमा सम्पन्न फेस्टिवलमा विजेताको अवार्डसँगै नगद २५ हजार पनि हात पार्न सफल भएकाो हो।
 चलचित्र निर्देशक यादब खरेलको प्रमुख आतिथ्यमा सम्पन्न फेस्टिवलमा कुशल श्रेष्ठद्वारा निर्देशित कलर्स अफ लाईफ र शशांक रिजालद्वारा निर्देशित उडान क्रमश फस्र्ट रनर अप र सेकेण्ड रनर अप भए ।resize_image उनीहरुले क्रमश १५ र १० हजार नगद प्राप्त गरे । त्यसैगरी जुरी अवार्ड निर्देशक रोविन दाहालको वान (इलभ) र पब्लिक चोइस अवार्ड निराजन भण्डारीको द लाष्ट कलले जितेको छ । उनीहरुले पनि अवार्डसँगै १०/१० हजार नगद जिते ।
 यी पाँचै विजेताले सिम्रिक एअरलाईन्सका तर्फबाट माउन्टेन फ्लाईटमा जाने अवसर पनि पाएका छन् र थप एक प्रतिस्पधाको अवसर । पाँचै विजेता माउन्टेन फ्लाईटमा जाँदा सो ९माउन्टेन फ्लाइट० सम्बन्धी २ मिनेटको फिल्म बनाउन सक्नेछन र उत्कृष्ठ फिल्मलाई पुनः ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
 इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभूषण पाठकले युवाहरुलाई रचनात्मक काममा अग्रसर गराउन फेस्टिवल आयोजना गरेको बताए ।
फेस्टिवल निर्देशक शिखा प्रसाईंले फेस्टिवल अब हरेक वर्ष आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
 निर्णायक मण्डलमा चलचित्र निर्देशक यादब खरेल, अभिनेत्री निशा अधिकारी, चलचित्र समिक्षक यज्ञश, चलचित्र निर्देशकरकलाकार इलम दिक्षित र युवा अभियन्ता राजेन्द्र मुल्मी थिए।

Comment