Thursday , December 14 2017
Home / Entertainment / धुम ३ ले उछिन्यो चेन्नई एक्सप्रेस र क्रिस ३ लाई

धुम ३ ले उछिन्यो चेन्नई एक्सप्रेस र क्रिस ३ लाई

आमिर खान अभिनित धुम ३ ले पहिलो दिनको कमाइको रेकर्ड तोडेको छ | धुम ३ ले पहिलो दिन हिन्दि भाषाको रिलिज बाट ३२ करोड भारु उठाउन सफल भएको छ यसमा तमिल र तेलुगु भाषाको ४ करोडको कमाइ पनि जोड्दा जम्मा ३६ करोड भारु हुन आउँछ | यो भारतीय बक्स अफिसको मात्र कमाइ हो |

कुनै छुट्टीको अवसर नभएपनि धुम ३ ले राम्रो सुरुवात गर्न सफल भएको छ | इदको अवसरमा रिलिज भएको चेन्नई एक्सप्रेसको पहिलो दिनको कमाइ ३३.१ करोड भारु रहेको थियो | यहि हिसाबले चेन्नई एक्सप्रेसको सबैभन्दा छिटो १०० करोड कमाउने रेकर्ड पनि तोडिने आंकलन गरिएको छ |

त्यति मात्र होइन एकै दिनमा सबैभन्दा धेरै कमाउने क्रिस ३ (३५.९१ करोड) को रेकर्ड पनि तोडिने भएको छ |

Comment