Wednesday , December 13 2017
Home / Featured News / दोस्रो अम्यास खेलमा नेपाल केन्यासंग पराजित

दोस्रो अम्यास खेलमा नेपाल केन्यासंग पराजित

क्राइष्टचर्च/ आइसीसीको दोस्रो आधिकारिक अभ्यास खेलमा नेपाल केन्यासँग १ विकेटले पराजित भएको छ । एकदिवसीय विश्वकप छनोटका लागि न्युजिल्यान्ड रहेको नेपाली राष्ट्रिय क्रिकेट टिममाथि शनिबार भएको दोस्रो अभ्यास खेलमामा केन्याले १ बल अगाडि ९ विकेट गुमाउँदैं जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६५ रनको मध्यम स्कोर खडा गरेको थियो । जसलाई केन्याले ९.५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । उसका लागि माउसिसी ओयुमाले ७३ र आक्रामक इनिङ खेलेका थोमस ओडोयोले ६६ रन बनाए । नेपालका लागि शक्ति गौचनले सर्वाधिक ४ विकेट लिए । यसैगरी, सागर पुन ३ तथा जितेन्द्र मुखिया र अनिल मण्डलको नाममा १/१ विकेट रहृयो । हिजो नामिबियासँगको खेलमा ४ विकेट लिएका सोमपाल कामी आज भने महंगा सावित भए ।

त्यसपअघि पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६२ रन बनाए । यसैगरी विनोद भण्डारीले ४८ र प्रदीप ऐरीले ४२ रन बनाए । शरद भेषावकरले २३ रन बनाए । यसैगरी बसन्त रेग्मीले अविजित २३ रन बनाए ।
शुक्रबार पहिलो आधिकारीक अभ्यास खेलमा नेपाल नामिबियासँग ४ रनले पराजित भएको थियो ।

Comment