Tuesday , December 12 2017
Home / Featured News / दोस्रो अभ्यास खेलमा पनि नेपालको रोमान्चक विजय

दोस्रो अभ्यास खेलमा पनि नेपालको रोमान्चक विजय

न्युजिल्यान्ड एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलिले आज भएको रोमान्चक दोश्रो अभ्यास खेलमा मुर्स क्रिकेट क्लब माथि २ विकेटको जित हाँसिलगरेको छ l

कोलोम्बो मुर्स स्पोर्ट्स क्लब मैदानमा भएको दोश्रो अभ्यासखेलमा १४८ रनको विजय लक्ष पाएको नेपाली टोलिले लक्ष हाँसिल गर्न ८ विकेट गुमाउनु पर्यो l ओपनर अनिल मण्डललाई  ११ रनको स्कोरमा गुमाएको नेपालले अर्का ओपनर महेश क्षेत्रीलाई पनि ३० रन कुल स्कोरमा गुमाउन पुग्यो l  ज्ञानेन्द्र मल्ल र पारस खड्का  पनि क्रिजमा धेरै बेर जम्न नसके पछि नेपालको स्कोर ५९/४ पुग्यो l त्यसपछि नेपालको इनिंगलाई शरद भेसावकर र बिनोद भण्डारीले सम्हाली जित तर्फ अग्रसर गराए l अर्धसतक  प्रहार गरेका भण्डारी १२२ रन कुल स्कोरमा आउट भए लगत्तै प्रदिप ऐरि र शरद भेसावकर पनि पेभेलियनको बाटो लागे l

शरद आउट हुँदा नेपालको स्कोर १२२/७ भएपछि खेल रोमान्चक मोडमा पुग्यो l पृथु बास्कोटा र बसन्त रेग्मीले जित सम्म डोर्याउन खोजे पनि १३८ रन कुल स्कोरमा बसन्त रेग्मीले पनि विकेट गुमाउन पुगे l १३८ रनमा ८ विकेट गुमाएको नेपाललाई जितको लागि मात्र १० रन आवस्यक थियो l त्यसपछि ब्याटिंग गर्न आएका शक्ति गौचन र पृथु बास्कोटाले कुनै गल्ति गरेनन , नेपालले ३३ औ ओभरमा जित हाँसिल गर्यो l शक्तिले अविजित १० तथा पृथुले ५ रन जोडे l मुर्सका बलर मालिन्डा पुष्पकुमाराले ४ विकेट ( १०-०-५५-४ ) हात पार्दा कौसल्या गाजासिंघे र सेहान जयसोरियाले समान २ विकेट हात पारे l बिनोद भण्डारीले सर्बाधिक ५२ , पारस खड्काले २८ , शरद भेसावकरले १७ , र शक्ति गौचनले ७ रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन l

टस जितेर पहिले ब्याटिंग गर्न उत्रेको मुर्स क्रिकेट क्लबले खराब सुरुवात गर्यो l आफ्नो माथिल्लो ५ विकेट उसले ७८ रन जोड्दा गुमाईसकेको थियो l अविनाश कर्ण र जितेन्द्र मुखियाले पहिलो ४ विकेट खसाल्दा कप्तान पारसले पनि १ विकेट हात पारे l खराब सुरुवात पछि मुर्सको इनिंगलाई श्रीलंकन रास्ट्रिय क्रिकेट टोलिको प्रतिनिधित्व गरिसकेकादिल्हारा लोकुहेट्टीगले सम्हाल्ने प्रयास गरे l अनिल मण्डलको बलमा विकेट गुमाउनु अघि दिल्हाराले ५५ रनको इनिंग खेले , विकेट पछि मुर्सको स्कोर १३०/७ हुनपुग्यो l त्यसपछि मुर्सको विकेट लगातार गिर्दा पहिलो इनिंगमा मात्र १४७ मा सिमित हुन पुग्यो l नेपालको लागि अविनाश कर्ण ( ५-१-१५-२ ) , जितेन्द्र मुखिया ( ६-१-४१-२ ) , शक्ति गौचन ( ८.२-३-१९-२ ) र अनिल मण्डल ( ७-२-१७-२ ) ले समान २ विकेट हात पार्दा बसन्त रेग्मी र पारस खड्काले पनि १/१ सफलता पाए l मुर्सका मोहम्मद रफीले २२ , हर्ष कुरे , चथुरंगा डी सिल्भा र सुरेश निरोशनले समान १४ रन प्रहार गरे l

पहिलो अभ्यास खेलमा हिजो नेपालले कोल्ट्स क्लबलाई ४ विकेटले पराजित गरेको थियो l नेपालले अर्को अभ्यास खेल मंगलबार श्रीलंका पोर्ट्स अथुरीटि क्लब संग खेल्ने छ l भोलि नेपाली क्रिकेट टिमले आराम गर्ने छ भने आइतबार र सोमबार एन.सी.सी. मैदानमा अभ्यास गर्ने कार्यक्रम छ l

Comment