Tuesday , December 12 2017
Home / Featured News / देशै भर मतदान (फोटो फिचर)

देशै भर मतदान (फोटो फिचर)

संविधान सभा निर्वाचनको लागि अहिले देशैभरि मदतान भैरहेको छ । एमाओवादी, काग्रेस र एमाले लगाएका दलका शिर्षनेताहरुले आ आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेका छन् । निर्वाचन लाई निस्पक्ष र प्रभावकारी बनाउन देश भरिनै सेना प्रहरीको सुरक्षा दस्ता परिचालन गरिएको छ । सर्लाही क्षेत्र नम्वर ६ काग्रेसले र सिरहमा एमाओवादिले बुथ कब्जा गरेको आरोप रहेको छ । अन्य स्थानहरुमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको बताईको छ ।
प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि ६ हजार १ सय २७ र समानुपातिकमा ३ सय ३५ सिटमा १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३६ उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रत्यक्षतर्फ हल्का नीलो र समानुतिकका लागि हल्का रातो मतपत्र छ । मतदाताले मतदान केन्द्रमा रहेको मतसंकेत गर्ने गोप्य कक्षमा गई मतपत्रमा स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्छ । मतदान गर्न जाँदा आयोगले उपलब्ध गएको मतदाता परिचय पत्र वा नागरिकता, लाइसेन्स, राहदानी लगायतका परिचयपत्र चाहिन्छ । महिला र पुरुषका लागि छुट्टा-छुट्टै लाइनको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले अशक्त, अपाङ्गता भएका, सुत्केरी र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सघाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
निर्वाचन आयोगले मतदान स्थलहरुमा मोवाइल, क्यामरा जस्ता विद्युतीय उपकरणहरु लैजान प्रतिवन्ध लगाएको छ । विहान ५ बजेबाट मध्यरात १२ बजेसम्म अनुमति लिएका बाहेकका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ ।

Comment