Friday , December 15 2017
Home / PaperPublished / दुई करोडको लगानीमा सुन्तला खेती विस्तारको तयारी-नेपाल समाचार पत्र

दुई करोडको लगानीमा सुन्तला खेती विस्तारको तयारी-नेपाल समाचार पत्र

Ph110मंसिर/सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिने म्याग्दीको सिंगा–३ सुर्केमेलास्थित बास्कुनामा सुन्तला खेती विस्तारको तयारी भैरहेको छ । २०६४ सालदेखि व्यवसायिक रुपमा सुरू गरिएको सुन्तलाले उचित मुल्य र राम्रो बजार पाएपछि दुइसय रोपनी जग्गा खरिद गरी करिब ५ हजार विरुवा विस्तारको तयारी गरिएको बाँस्कुना कृषि सहकारी संस्थाका सल्लाहकार लालबहादुर केसीले बताउनुभयो ।

‘वार्षिक ५ करोडको सुन्तला उत्पादन गर्न सकिन्छ’ । एक करोड लगानी भैसकेको छ’ केसीले भन्नुभयो । न्यूजिल्याण्डमा व्यवसायिक रुपमा खेती गरिरहेका केसीले किसानको बगंैचादेखि उपभोक्तासम्मको बजार च्यानल बनाउन किसानको सहभागीतामा कम्पनीको स्थापना गरी थप दुई करोड लगानीको तयारी भैरहेको छ । ‘अन्तराष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य पनि राखिएको छ’ उहाले थप्नुभयो ।

गतवर्ष १५ लाखको आम्दानी गरेका किसानले यसवर्ष २५ लाखको बिक्री गर्ने योजना बनाएका छन् । न्यूजिल्याण्डमा अपनाइएको आधुनिक प्रविधिको प्रयोग गरेर सुन्तलाको बगैंचा व्यवस्थापन, विरुवा रोप्ने तरिका, तालिम, स्वादिलो फलका लागि अपनाउनुपर्ने नियम तथा प्रक्रियाका बारेमा किसानहरुलाई जानकारी गराउने तयारी समेत भैरहेको छ ।

जग्गा खरिद र १ सय लिटरको पानी सञ्चित गर्ने ट्याङ्की निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ‘थोरै जमिनमा लगाइएको सुन्तलाबाट उच्च प्रतिफत प्राप्त गर्ने योजनासहित अगाडि बढिएको छ’ केसीले बताउनुभयो । ‘ए’ ग्रेडको सुन्तला प्रतिकेजी ६० रुपैयाँमा बोटबाटै बिक्री हुने गरेको छ । सुन्तलासँगै माहुरीपालन र किवी खेती समेत गरिने उहाले बताउनुभएको छ् ।

सिंगा गाविसको १, २ र ३ वडामा करिब ४ बोट रहेकोमा २५ सयले उत्पादन दिइरहेको बास्कुना कृषि सहकारी संस्थाले जनाएको छ । बास्कुना क्षेत्रमा रहेका सानादेखि ठुला किसानलाई फलफुल खेतीको मूल्याङ्कनसहित प्रोत्साहन गरिने जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । बाँस्कुनाको सुन्तलाले हाल काठमाण्डौको कालिमाटीसम्मको बजार ओगटेको छ ।

Comment