Thursday , December 14 2017
Home / Nepal / दाहाललाई फकाउदै सभापति कोइराला

दाहाललाई फकाउदै सभापति कोइराला

dd84b-कांग्रेस सभापति सुशिल कोईरालाले एमामाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो प्रतिक्रियालाई पुनरावलोकन गर्न आग्रह गरेका छन् । चितवन क्षेत्र नम्बर ४ बाट विजयी भएका कोइरालाले शनिवार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी प्रमाण पत्र बुझ्दै निर्वाचन आयोगले निर्वाचनका सम्बन्धमा कुनै पुनरावलोकन नगर्ने बताए ।

उनले लोकतान्त्रिक संविधान निर्माणका लागि चुनाव भएको बताउँदै जिम्मेवार पार्टीका नेता भएर यस्तो कुरा भन्न नमिल्ने उनको भनाई थियो  । निर्वाचनको मत परिणाममा पार्टी पछि परेपछि दाहालले निर्वाचन आयोगकलाई पुनरावलोकन गर्न माग गरेका थिए ।

कोईरालाले राष्ट्र थिलथिल भएको अबस्थामा राष्ट्रका नाममा अब कसैले खेलबाड गर्न नहुने भन्दै सबै पार्टी कांधमा कांध मिलाएर अघि बढ्नुको विकल्प नभएको बताए । उनले  आफु काठमाडौं बाहिर भएकाले दाहालसंग पटक/पटक फोन सम्पर्कको प्रयास गर्दा समेत सम्पर्क नभएकाले काठमाडौं पुगेपछि भेटेरै छलफल गरी सहमतिमा ल्याएर अघि बढ्ने बताए । उनले अन्तर्राष्ट्रिय जगत समेत चिन्तित भएकाले दाहालले सहमति मार्फत अघि बढ्नुको विकल्प नभएको दावी गरे । कोइरालाले बांके ३ र चितवन ४ बाट विजयी भएपनि कुन क्षेत्र छाड्ने भन्ने विषयमा पार्टीमा छलफल पश्चात् मात्रो टुंगो लाग्ने बताए ।

 

Comment