Wednesday , December 13 2017
Home / Entertainment / दाइ मेसिदोले जितिन मिस बमबम कन्टेस्ट

दाइ मेसिदोले जितिन मिस बमबम कन्टेस्ट

ब्राजिलकी २५ बर्षिय युवती दाइ मेसिदो अन्तत: मिस बमबम कन्टेस्टको बिजेता भएकी छिन | ४२ इन्च नितम्ब भएकी यी युवतीले ज्युरिलाई प्रभावीत पार्न सफल भइन् | पुरस्कार स्वरूप उनले ५००० ब्राजिलियन रियाल जितेकी हुन् तर त्यो भन्दा धेरै स्पोन्सरसिपहरु हात पार्न सफल भएकी छिन | ब्राजिलमा भएको सो प्रतियोगितामा इलियाना अमारल दोस्रो र जेसिका अमारल तेस्रो भएका थिए |

ब्राजिलमा हुने यो निकै लोकप्रिय प्रतियोगिता हो र यसको बिजेता राष्ट्रिय सेलिब्रिटी बन्ने गर्दछन | तर यो प्रतियोगिता विवादरहित भने हुन सकेन | प्रतियोगीले प्रतियोगिता जित्न ज्युरिलाई घुस दिएको आरोपले सामाजिक संजालमा राम्रै चर्चा पायो | मेसिदोले पनि प्रतियोगिताको निर्णय उनको प्रतिद्वान्दि मेरी सुसाले जित्ने फिक्स्ड भएको भनेपछि विवादमा मुछिएकी थियिन | अन्तत मेसिदोले नै प्रतियोगिता जितेपछि आफुले जित्छु भन्ने नलागेको र प्रतियोगिता निस्पक्ष्य रहेको प्रतिक्रिया जनाइन् |

सामाजिक संजालमा प्रतियोगीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाउदैं अरुको नितम्ब नक्कली रहेको र इम्प्लान्ट गरिएको बताएका थिए |

दाइ मेसिदोले पनि आफ्नो नितम्ब सत्प्रतिशत प्राकृतिक नरहेको र लिप्सक्सन गरेर केहि सुधार भने गरिएको स्वीकार गरेकी छिन् | उनले आफु कुनै दिन सफल टिवी प्रस्तोता बन्ने आशा रहेको बताईन |

Comment