Wednesday , December 13 2017
Home / Article / दक्षिणी गोलार्धमा आधा दशक

दक्षिणी गोलार्धमा आधा दशक

अनुभुति
दक्षिणी गोलार्धमा आधा दशक
– प्रेम प्र. भुसाल

हो सन् २००७ मार्च २२ तारिखका दिन मेरो गन्तव्य बनेको थियो सिड्नी, अष्ट्रेलिया । यो विशाल महादेशमा बिहानीको त्यो प्रहर मिर्मिरे रोशनी संगै मेरा पाइलाहरु अवत्रित भएका थिए । केही महिना पहिले आधा दशक पूरा भएछ । म आत्मसमिक्षा गरिरहेछु तिनै केही पलहरु र स्मृतीपटलमा संग्रहित घटनाक्रमहरुलाई लिएर । सुरु त्यही झसिमिसे प्रहर बाट गर्छु । जुन बिहानी संगै मैले पाइला राखेको थिए संगै मनमा अनेकौ लहरहरु तरंगित थिए । कतै क्षितिजमा ठूला सपना, रहर, त कतै त्रास अनि भयका स्पर्शहरु अनि त्यससंगै केही अन्यौलता पनि । जीवनमा पहिलोचोटी भएको आठ घन्टे लामो हवाइ यात्राले मलाइ अन्तर्मुखी बनाएको थियो । त्यसकारण हृदयमा भावनाका छालहरु मडारिरहेका थिए । यो बिचमा वाग्मतीमा धेरै पानी बगिसकेको छ ।

आधा दशकको यो कालखन्डका तीन भागहरु छन । पूर्वार्ध, मध्यमा अनि उत्तरार्ध । कालखन्डको पहिलो चरण पूर्वार्ध केही अलिक खोकुलो थियो, परिवेश नौलो थियो, उत्साह बेग्लै थियो अनि परिवेश सागको समायोजन थियो । तर बााकी २ चरण ज्यादै कष्टप्रद रहे । दोस्रो चरण घडीको सुइ संगै घुमिरहयो । घाम, पानी, झरी, बादल नभनी घोडाको लगाम जस्तै भएर । त्यस्तै उत्तरार्ध आरोह अनि अवरोह संगै नियतिको सिकार हुनुपर्यो, जहाा जूनहरु मधुरा अनि सपनाहरु अधुरा थिए । जीवन एउटा लीला लेखनको कहानी हो भन्ने जान्दा जान्दै पनि आधा दशकको बिचमा म कहीले हर्षले आमोदित हुादै रेल चढ्ने दूरी पनि पैदलै हिाडे हुला त कहीले समुद्री तटमा गई पानीको वहाबसंगै टहलिएं होला अनि त्यसको गहिराइ संगै डुबुल्कि मारे हुाला, कहीले सुनसान रातको गोरेटोमा एक्लै हिडिरहादा गगनमा टिल्पिलिएका नक्षत्रहरु हेर्दै तिनीहरुको अटलता देखेर दंग परें होला , त कहीले सुनौलो बिहानीको प्रहरमा हिड्दै गर्दा पातको टुप्पोमा तप्केको शितको थोपालाई सूर्यको रोशनीले चम्काउादा देखिने मोतीको दाना देखेर आफूलाई अपुर्व ठानें होला , कहीले सपना रङगिने धूनमा एक्लै रमाउादै हिडें होला त कहीले नियतिको सिकार बनी पाखामा मिल्किरहादा दूरावस्थामा पौडिरहें होला निरिह भएर । खैर गुनासो भने कसैसाग गरिन गरें त केवल समय अनि परिस्थितीसाग । आफैले टोकेको जिब्रो भएको हुनाले गुनासो गर्ने कुरा पनि भएन ।

आफ्नो ब्यक्तिगत स्वार्थ सिद्ध नभएकै कारण्न लोकले स्वार्थीको बिल्ला पनि भिराइदियो त्यो पनि भिरी हिडें नतमस्तक भएर । स्वार्थी त्यतिबेला भइन्छ जतिबेला अरुको अनुकूलको कार्य गरिदैन । जब आफ्नो लागि त समय निकाल्न सकिदैंन भने अरुको लागि समय निकाल्न सक्ने कुरा भएन अनि अरुको नजरमा स्वार्थी भैयो । अर्को कुरा यो स्वार्थी शब्द बहुप्रयोगी छ । नेपाली भाषा ब्याकरणको दुई अक्षर मिलेर बनेको यो शब्द जसलाई पनि सजिलै भिराउन सकिन्छ । भिराइदिनेलाई त के भो र ? तर त्यसको बोझ जबर्जस्ती भिराईएकाहरुलाई मात्र थाहा हुन्छ । मनै त हो दुख्छ अनि भाचिन्छ । भाचिएका धेरै कुरा जोडिएलान् तर मन जोडिादोरहेनछ । जिवनमा सपनाहरु देख्नु र सागाल्नु निकै सजिलो हुन्छ तर सपनालाई यथार्थको धरातलमा उतार्नु किमार्थ सजिलो छैन । यसको फरक जसरी आदर्शवाद र प्रयोगवाद बीच जुन तात्विक भिन्नता रहन्छ यो पनि त्यस्तै हो जस्तो लाग्छ । त्यस्तै मेरा केही सपना थिए , रहरहरु थिए, चाहनाहरु थिए, केहि आकांक्षाहरु थिए । यी सबै कुराहरु लाई एकत्रीत गर्दै आधा दशकको यो यात्रा तय गर्नु त्यति सहज रहेन । तिन वटै चरणमा जागिर सधैं अघि परिरहयो अनि म पछी परिरहे । जागिर अघि परिरहयो चाहना पछी परिरहे । घुमिरहने सुईलाई छोप्न म दौडिरहेपनि पछि नै परिरहें । समय बगिरहयो म रोकिरहें । जागिर अघि परेपछि यसका केही पाटा माथी त पर्ने भए नै सआर्थीक पाटो माथी पार्दै गर्दा आजभोलि आत्मिक पाटोको खाडल गहिरिरहेको अनुभुती भएको छ ।

सायद जागिर बाट बचेंको समयलाई किफायती प्रयोगमा ल्याउन नसक्नु मेरो व्यक्तिगत कमजोरी हो कि जस्तो लाग्छ । यहि कमजोरीको कारणले केही सम्बन्धहरुमा दरार पनि आएका छन् । अब त्यसलाई निरोपण गर्नुछ । केही दिन अघि ग्रायनभिल बस्ने दिदि भिनाजुलाई भेटेको थिए ट्रैनमा । भान्जी सानी थिईन् आजभोली फोटो हेर्दा लाग्छ ठूली भईन् । भेट नभएको त तीन वर्ष भैसकेको रहेछ । आफैलाई कस्तो कस्तो लागेर आयो । मन मनै सोचे अब त्यसो हुन दिन्न । त्यसैको फलस्वरुप आज भोली गुनासा न्युनीकरण अभियानमा छु । डायरीका पानाहरु सफा अनि चिल्ला देखिन्छन् । अब यी पानाहरुलाई पनि रङगाउनु छ । यो कालखन्डमा केही खास गीतहरुले केही मलम लगाउने काम गरे र अहिले पनि गरेकै छन् । केही पुस्तकले उर्जा भरिरहे अनि मार्गदर्शक भैरहे । केही जनहरुले ढाडस अनि हुटहुटी दिइहनुभयो म त्यसैमा विभोर भएं । धन्य छन् ती जन । म ऋणी रहनेछु उहाहरुको शब्द शब्दको, समयको अनि आत्मिक वचनको । यात्रा जारी नै छ त्यही गतिमा तर केही भिन्न सिरामा किनभने उत्तरार्धले केही खुसी अङकुरित अनि सञ्चारित गराएको छ । यसमा भूमिका निभाइदिनुहुने सबैलाई मेरो साधुवाद । समष्टीमा यो आधा दशक निकै छिटो बितेको आभाष भएको छ ।

यस कालखन्डमा मलाई प्रत्यक्ष वा परोक्ष सहयोग गर्नुहुने सबै मनहरुलाई नमन गर्दछु । साथै अष्ट्रेलिया आउने क्रममा सहयोग पुर्याउनु हुने सबै जना प्रति हादिर्क आभार ब्यक्त गर्दछु । समय अनन्तकाल सम्म बहिरहनेछ, आउादा दशकको यात्रा सहज हुनेमा आशावादी छु ।

Comment