Tuesday , December 12 2017
Home / Featured News / थापद्धारा जेष्ठ सभासद्को सपथ, मंगलवार संविधान सभाको बैठक

थापद्धारा जेष्ठ सभासद्को सपथ, मंगलवार संविधान सभाको बैठक

संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सोमबार राष्ट्रपति रामवरण यादवसमक्ष शपथ लिएका छन्। थापालाई राष्ट्रपति यादवले राष्ट्रपति भवन शीतलनिवासमा बिहान शपथ खुवाएका हुन्। ८६ वर्षीय थापाले मंगलबार बिहान संविधानसभाका सभासद्लाई शपथ गराउँदैछन्।Surya-Bahadur-Thapa1272088389

शपथपछि थापाले मुलुकले एक वर्षभित्रै संविधान पाउने गरी संविधानसभा सदस्य, राजनीतिक दल एवं सम्बद्ध पक्षले काम गर्नुपर्ने बताए। उनले सिंहदरबारमा सञ्चारकर्मीसँग भने, ‘पहिलो संविधानसभामा अड्केको विषयमा जनताले फैसला दिइसकेकाले ती विषयमा अल्झिनुको अर्थ हुँदैन।’ संघीयता, शासकीय स्वरूपजस्ता विषयमाको विवादमा सहमति नहुँदा पहिलो संविधानसभा विघटन भएको थियो।

पहिलो संविधानसभामा मिलेका कुराको स्वामित्व लिने विषयमा प्रक्रिया र विधिअनुसार मात्र हुने उनले बताए। उनले भने, ‘विधि र प्रक्रिया अपनाएर मात्र सबै कुरा हुन्छ’। ज्येष्ठ सदस्यको शपथ लिँदा कस्तो अनुभूति गर्नुभयो भन्ने जिज्ञासामा थापाले भने, ‘मेरो सोचमै नभएको कुरा भयो।’ थापा २०१४ सालमा पनि तत्कालीन सल्लाहकार सभाको अध्यक्ष थिए।

Comment