Wednesday , November 14 2018
Home / Australia / थर्ड आईमा तीज कार्यक्रम

थर्ड आईमा तीज कार्यक्रम

हिन्दु नारीहरुको महान पर्व तीज मनाउन सम्सरा इभेन्टले दर खाने तथा सांस्कृति कार्यक्रम गर्ने भएको छ । जय हो स्टायल (नेपाली तयारी पोशाकको स्टोर) संगको सहकार्यमा आज जुलाई २६ शनिवार थर्ड आई बार एण्ड विस्ट्रोमा यो कार्यक्रम हुन लागेको हो ।??????????????????????????????? तिज मनाउनुको साथै परोपकार पनि गर्ने लक्ष्य लिएको यो कार्यक्रमबाट संकलन भएको रकम नेपालमा अनाथ र असाहयको सेवामा समर्पित दिक्षा चापागाईलाई सहयोग गरिने अन्जु कट्टेल पन्तले सिमापारी डट कमलाई बताईन ।

जय हो स्टायलकी संचालिका अंशु शर्माका अनुसार सिड्नीमा बसोवास गर्ने नेपाली महिलाहरुलाई नेपालमा नै मनाएको जस्तो गरी तीजको माहौल बानउन यो कार्यक्रमको आयोजना गरिएको हो । आज सांझ ५ बजेबाट शुरु हुने यो कार्यक्रमको प्रवेश शुल्क ३५ डलर रहेको छ । कार्यक्रममा तिजको गित संगित, फेसन शो, सरप्रइज गिफ्टको ब्यवस्था गरिएको छ ।

थप जानकारीको लागि निम्न नम्वर ०४३६१०९७१, ०४०२१२८४०५ र ०४३३०७३८१० मा सम्पर्क गर्न सकिन्छ ।

Comment