Thursday , December 14 2017
Home / Australia / थकालीहरुले तोरन्लो मनाए

थकालीहरुले तोरन्लो मनाए

सिड्नीमा बसोवास गर्ने थकालीहरुले सांस्कृतिक पर्व तोरन्लो मनाएका छन् । थकाली सेवा समितिको आयोजनामा मार्च १५ शनिवारका दिन सिड्नीको दक्षिण रकडेलमा उक्त कार्यक्रम भएको थियो । संस्थाका अध्यक्ष नारायण भट्टचनको प्रमुख अध्यक्षतामा भएको सो कार्यक्रममा नेपालबाट आएका थकाली दाजुभाई तथा दिदीबहिनीलाई स्वागत गरिएको थियो ।Thakali photo

साथै समुदायका मुखिया राम शेरचनले उपस्थित सबैलाई स्वास्थ्य, दिर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा थकाली संस्कृति झल्काउने पहिरन, खानपिन र नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यमा सबै सहभागिहरुले एक आपसमा अविर दलेर तोरन्लो मनाएका थिए ।

Comment