Thursday , December 14 2017
Home / Featured News / तेन्डुल्करको सन्यासले क्रिकेट प्रेमी निराश

तेन्डुल्करको सन्यासले क्रिकेट प्रेमी निराश

indian-batsman-sachin-tendulkar-reacts-20120316-042856-765आफ्नो २०० औं टेस्ट म्याच खेलेर शनिबार आफ्नो २४ बर्षको क्रिकेट जीवन त्यागेको घोषणा गर्दा मास्टर ब्लास्टर सचिन तेन्दुलकरको गहभरी आँशू थिए । भारतले वेस्ट ईन्डीजविरुद्धको टेस्ट शृंखलामा जित हात पार्दा शुक्रबार आफ्नो जीवनको अन्तिम ईनिङ खेल्दै तेन्दुलकरले ७४ रन बनाएका थिए ।
क्रिकेटकै कारण भारतमा देवतासमान छवि बनाएका तेन्दुलकरको बिदाईमा शनिबार मुम्बईस्थित वानखेडे स्टेडियममा हजारौं हात उचालिए । आफ्ना टिमका क्रिकेटरबाट घेरिएर मैदान बाहिर आउँदा उनले आँशु थाम्न सकेनन् ।
१०० औं शतक हान्ने एक मात्र व्याट्सम्यानको रुपमा क्रिकेटबाट संख्यान लिदा उनीसँग टेस्ट र वान डे क्रिकेटमा सबैभन्दा बढी रन बनाएको रेकर्ड पनि छ । टेस्ट करिअरको ६८ औं अर्धशतक प्रहार गर्दा तेन्दुलकर शुक्रबार आफ्नो एकसय १ औं सतक प्रहार गर्नबाट २६ रनले चुके ।
सचिनको प्रभाव कतिसम्म देखियो भने, क्रिकेटको महान् खेलाडीलाई अन्तिम ईनिङमा क्याच आउट गर्दा बिपक्षीले खुशी मनाएनन् ।
ह्वीलचेयरको सहारामा हिडडुल गर्ने तेन्दुलकरकी आमा राजनीसमेत उनको अन्तिम खेल हेर्न शुक्रबार रंगशालामा उपस्थित थिइन् । उनको लागि स्टेडियम पुग्न बिशेष बाटो बनाइएपनि उनले पहिलो पटक छोराले व्याट चलाएको प्रत्यक्ष हेर्न पाइन् ।
सचिनको बिदाईमा सामेल हुन महान क्रिकेटरद्वय सेन वार्न र ब्रायन लारा भारत आईपुगेका थिए । उनको बिदाई समारोहमा भारतीय कलाकार, व्यापारी र राजनीतिक नेताको समेत उपस्थिति थियो ।
४० बर्षीय तेन्दुलकरल २४ बर्षे क्रिकेट यात्रामा ६ सय ६४ म्याच खेल्दै ३४ हजार तीनसय ५७ रन बनाएका छन् । उनले वान डे क्रिकेटबाट अघिल्लो बर्ष डिसेम्बरमा सन्यास घोषणा गरेका थिए ।
११ बर्षदेखि क्रिकेट खेल्न सुरु गरेका उनले १६ बर्षको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट श्रृंखला खेल्दै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

 

Comment