Tuesday , December 12 2017
Home / Australia / तिनहप्ता देखि हराइरहेका अष्ट्रेलियन नेपालमा फेलापरे

तिनहप्ता देखि हराइरहेका अष्ट्रेलियन नेपालमा फेलापरे

cl-trekkernarrow-20131121183745226879-300x0

मेथु अलप्रेस, तस्विर सिड्नी मनिङ हेराल्ड

तिनहप्ता देखि हराएका अष्ट्रेलियन नागरिक अन्तिम पटक नेपालको अन्नपूर्ण क्षेत्रमा फेलापरेको बताईएको छ  । यसै सुचनाको आधारमा उनको परिवारले खोजि कार्य सुरु गरेको छ | साथीहरु सागै नेपाल र भारतको भ्रमणमा गए पनि मेथु अलप्रेस एक्लै अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्केका थिए । नेपालमा जारी संविधान सभाको चुनाव र बैध्य माओवादीको अमहड्तलका कारण नेभेम्बर १४ मा अष्ट्रेलिया र्फकने उनको फ्लाइट छुटेको थियो ।
त्यसपछि साथी र परिवारबाट उनी सम्पर्क विहिन भएका थिए । छोराको खोजीका लागि मेथुकी आमा अहिले नेपालमै छिन् । नेपलाका स्थानिय टुर गाइडहरुले मेथुलाई अन्तिम पटक नोभेम्वर ४ का दिन दुध पोखरी क्षेत्रमा देखेको बताएपछि अहिले उनी सो क्षेत्रमा पुगेको सिड्नी मनिङ हेराल्डले छापेको छ ।
नेपालका हिउद शुरु भैसकेको र हिमाली क्षेत्रको कम उचाइको भागका पनि हिउ पर्न लागेकोले मेथु घाइत भएर कतै स्थानियको आस्रय लिइरहेको अनुमान आफन्तहरुले गरेका छन् । मेथुको मोवाइलपनि नचलेकोले आफन्तहरु अझै त्रसित भएको पत्रिकाले लेखेको छ ।
केहि हप्ता अघि अन्नपूर्ण क्षेत्रमै पदयात्रामा निस्केकी बि्रसवेनकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको थियो । एन्टि भेनम सुइ नेपालमा उपलब्ध नभएछि उनलाई आकस्मिक रुपमा अष्ट्रेलिया ल्याईएको थियो ।

One comment

  1. फेला परि सकेका भए किन अनुमान लगाउनु पर्यो बुझिएन!

Comment