Friday , December 15 2017
Home / Sports / ‘ताली बजाइदेऊ नेपाली नेपाली, विश्वकपमा हामी यसपालि’

‘ताली बजाइदेऊ नेपाली नेपाली, विश्वकपमा हामी यसपालि’

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाली टोलीलाई हौस्याउन बनाएको ३ मिनेट १३ सेकेन्डको गीत ‘ताली बजाइदेऊ नेपाली नेपाली, विश्वकपमा हामी यसपालि’ अहिले युट्युबमा निकै हिट भइरहेको छ।
यो गीतमा कर्म ग्यालसाया, सनुप पौडेल र राज सिक्देलको स्वर छ भने यसलाई शम्भुजित बास्कोटाले संगीतबद्ध गरेका हुन्। यो गीतको रचना सन्तोष पौडेलले गरेका हुन्।   बंगलादेशमा हुने आइसिसी ट्वान्टी ट्वान्टी विश्वकपमा नेपाल पहिलो पटक पुगेको हो।

Comment