Saturday , December 16 2017
Home / Nepal / ढुक्कका साथ भोट हाल्नुहोस्: प्रमुख आयुक्त उप्रेती

ढुक्कका साथ भोट हाल्नुहोस्: प्रमुख आयुक्त उप्रेती

Nilakantha-upreti_प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलेमंगलवारकोसंविधानसभाको निर्वाचनमा सम्पूर्ण मतदातालाई सहभागी हुन आग्रह गरेका छन् । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी उप्रेतीले निर्वाचन स्वच्छ र निष्पक्ष हुनेमा विश्वस्त हुन पनि सबैमा आग्रह गरे ।

उनले आफै संविधान बनाउने र संविधानमा सबैको स्वामित्व महशुश गर्न संविधानसभा आवश्यक रहेकाले अन्य निर्वाचनको भन्द यसको महत्व विशेष रहेको बताए । उनले निर्वाचनलाई हरेक तरहले सफल बनाउन सबैलाई आग्रह समेत गरे । मतदातालाई उनको आग्रह थियो -भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म हुन गइरहेको संविधानसभा निर्वाचनमा मतदाता नामावलीमा नाम रहेको आफ्नो मतदान केन्द्रमा ढुक्कका साथ आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत हाल्नुहोस । उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । निर्वाचन बहिष्कारको नाममा भएको हिंसात्मक घट्नाको उनले निन्दा समेत गरे ।

उनले निर्वाचन अनुगमनका लागि देशभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु खटिएको साथै आयोगबाट पनि प्रत्येक निर्वाचन क्षेत्रमा अधिकारीहरु खटाइएको जनाए । निर्वाचन आचारसंहिता उल्लंघनको घट्नामा आयोगले कारवाही गर्ने भन्दै मौन अवधि र परिणामको घोषणा सम्म आचार संहिता पालनाका लागि आग्रह समेत गरे ।

Comment