Saturday , December 16 2017
Home / Featured News / डा. भगवान कोइरालालाई आन्दोलनमा सहयोग गरेको भनेर कारबाही गर्ने तयारी

डा. भगवान कोइरालालाई आन्दोलनमा सहयोग गरेको भनेर कारबाही गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. शशी शर्मालाई बर्खास्त गरेको छ। बुधबार दिनभर त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा बसेको बैठकले शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

त्रिवि स्रोतका अनुसार निर्देशक पदबाट राजीनामा दिएका संस्थानका निर्देशक भगवान कोइरालालाई पनि कारबाही प्रक्रिया अघि बढाइएको छ । मंगलबार कुलपति तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले २४ घण्टाभित्र शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्त गर्ने निर्णय निष्क्रिय पार्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका थिए।

बैठकमा त्रिविका उपकुलपति हीराबहादुर महर्जन, रेक्टर गुणनिधी न्यौपाने, रजिस्ट्रार चन्द्रमणि पौडेल सहित दुईजना डिन तथा दुईजना प्राध्यापक सहभागी थिए।

उपकुलपतिका स्वकिय सचिवले बर्खास्त सम्बन्धी पत्र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई बुझाएका छन् । पत्रमा ‘त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई २०७०/१०/८ देखि लागु हुने गरी पदबाट हटाइने र यसबारे मन्त्रिपरिषद् अध्यक्षलाई जानकारी गराउने’ भन्ने उल्लेख गरिएको मन्त्रिपरिषद् अध्यक्षका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् । डा शशी शर्मालाई अदालती बाटो जान सजिलो होस् भनेर राजीनामाको साटो बर्खास्त गरिएको छ | उनि बर्खास्तगीको मुद्दा लिएर अदालत जाने र अदालतले यो निर्णय उल्ट्याउने सम्भावना रहेको छ |

डा गोबिन्द केसीको अनशन १२ दिन बितिसक्दा पनि  डा. शशी शर्माको बिषयमा चुइक्क बोल्न नसकेको त्रि.बिले शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर भगवान कोइरालालाई बहने छिट्टै नी कारवाही गर्ने तयारी गरेको छ ।

डाक्टर गोविन्द केसीको आन्दोलनमा सहयोग गरेको, अनशन बस्न डाक्टर केसीलाई कोठा उपलब्ध गराएको र सर्वोच्च अदालतले आदेश दिँदा पनिन उपचार सेवा सुरु नगरेको भन्दै त्रिविले कोइरालालाई कारवाही गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

पदाधिकारी बैठकले सात दिन भित्र पेश गर्ने गरी २४ घण्टा भित्र स्पष्टिकरण पत्र डाक्टर कोइरालालाई पठाउने निर्णय गरेको छ । डाक्टर कोइरालाले जिम्मेवारी पुरा नगरेको र कोइरालाका क्रियाकलाप अत्यावश्यक सेवा ऐन विपरित रहेको विश्वविद्यालयको ठहर छ ।

अस्पतालमा अनशन बस्न नदिनुपर्ने, सेवा रोक्न दिन नहुनेमा कोइरालाले पदीय दायित्व वहन नगरेकोले स्पष्टिकरण सोध्न लागेको स्रोतले जनाएको छ । मंगलबार राजिनामा दिएपनि कोइरालाको राजिनामा स्वीकृत नगरी अक्षम सावित गर्ने त्रिवि पदाधिरीकारीको तयारी छ । ‘ अहिले राजिनामा किन स्वीकृत गर्ने ?’ स्रोतले भन्यो ‘अक्षम भनेर प्रमाणित गरी राजिनामा स्वीकृत गर्नुपर्छ ।’

‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा उपचार गर्न आउने जनताको स्वास्थ्य सेवामा गम्भीर असर पर्ने गरी त्रिवि सेवा भित्रकै एक जना शिक्षकलाई अस्पतालको भवनभित्र आमरण अनसन बस्न दिने कार्य अत्याबश्यक सेवा ऐन २०१४ तथा त्रिविले तोकेको नियमको विपरित रहेको हुनाले यो पत्र लेखिएको छ ।’ त्रिवि पदाधिकारीको निर्णयमा भनिएको छ ‘कानुनले वर्जित गरेको काम कारवाही गर्न खोज्दा स्थानीय प्रशासनको सहयोग लिई तत्काल सो कार्य रोक्न र रोक्न लगाउनु पर्नेमा अस्पतालका कार्यकारी निर्देशक कोइरालाले सावधिक पदाधिकारीहरुले पालना गर्नुपर्ने पदीय उत्तरदायित्तव पालना नगरेको, अनसनमा बसेको शिक्षकलाई सुविधा सहितको बन्द कोठा समेत उपलब्ध गराएको देखिएको हुँदा निजलाई कारवाही किन नगर्ने ? कारवाही नगर्नु पर्ने कुनै कारण भए पत्र प्राप्त भएको सात दिन भित्र स्पष्टिकरण माग्ने निर्णय भयो ।’

विश्वविद्यालयका कुलपति समेत रहेका मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन शशी शर्माको नियुक्ती कार्यान्वयन नगर्न र त्यस बारेमा २४ घण्टा भित्र आफूलाई जानकारी गराउन मंगलबार निर्देशन दिएपछि त्यसबारेमा छलफल गर्न बसेको त्रिवि पदाधिकारी बैठकले कोइरालालाई कारवाही गर्नु पर्ने निर्णय गरेको हो ।

Comment